Latest Updates :

मुहारको खैरो दाग मेटाउन प्राकृतिक घरेलु उपचार बिधि......भिडियो हेर्न तल क्लिक गर्नुहोस........

SHARE THIS POST :

मुहारको खैरो दाग, कालो दाग, गर्भावस्था तथा सुत्केरी महिलाहरुमा देखिने दाग निदानका लागि घरेलु प्राक्रितिक उपचार अपानाउनुहोस् । यो घरेलु लेप तथा ओखती तयार पार्न दुई प्रकारका सरदामहरु भए पुग्छ । अनि यो घरेलु लेप तयार पार्न पनि सजिलो छ ।
मानव मुहार तथा शरीरको अन्य भागको छाला विभिन्न कारणले कुरुप हुने गर्छ, जस्तै :

हाइपरपिगमेन्टेशन :

- हाइपरपिगमेन्टेशन भनेको छालाको स्वभाविक रङ्गमा परिवर्तन आएर यो गाढा रङ्गको हुन पुग्छ र यस्तो हुनाको कारण मेलानिन भन्ने तत्वको मात्रा बढी भएर हो । मेलानिनले तपाईको कपाल, छाला र आँखामा रङ्ग उत्पादन गर्छ । मेलानिनको मात्रा घाउखटिरा, बढ्दो उमेर, रोग, महिला गर्भावस्था भएको बेला र सूर्यको प्रकाशमा धेरै समयसम्म हिड्डुल गर्ने गर्नाले हुने गर्छ र यसका कारण छालामा खैरो दाग तथा टाट देखा पर्न थाल्छ ।

- मेलानिन आन्तरीक तथा बाहिय कुनै पनि कारणले हुनसक्छ । आन्तरीक चांही जन्मजात हुन्छ र यो विशेषगरि गाढा रङ्गको छाला भएको मानिसहरुमा साधारणतया हुने गर्छ । अनि बाहिय कारण चांहि प्रोगेसटेरोन, इस्ट्रोजेन, माइनोसाइक्लिन, बेटाजोलोल  जस्ता केमिकल तथा सूर्यको प्रकाशको सिधा संसर्गमा आउनेहरुमा हुन्छ ।

- पराबैजनी किरणका कारण दाग, चिन्ह र खैरो दाग छालामा हुन सक्छ जसका कारण छाला स्थाई तथा अस्थाई रुपमा खुइलिन सक्छ । अनि यस्ता दागहरु जसको मुहार तथा हातहरु सूर्यको किरणमा सिधै पर्छ त्यसताहरुमा हुनु स्वभाविक हो ।

- अप्रेशन तथा घाउका कारण पनि यस्ता हाइपरपिगमेन्टेशन हुनसक्छ तर समस्या समाधान भैसक्दा समेत पनि यस्ता दाग भने रहिरहन्छ ।

- मेलाज्मा भनेको महिलाहरु भारीजिउको भएको अवस्थामा छाला खुइलिनु भन्ने बुझिन्छ तर कहिलेकांही पुरुषहरुमा पनि यस्तो समस्या आउन सक्छ । गाला तथा नाकको वरिपरी दागहरु देखा पर्छ र यस्ता दागहरुलाई सुत्केरी दाग पनि भन्ने गरिन्छ । तर यस्ता दागहरु सुत्केरी पश्चात हराएर जाने प्रबल संभावना हुन्छ ।

हाइपरपिगमेन्टेशन तथा छालामा देखापर्ने दाग, चिनो, टाट लगायतका समस्याहरुको निदानका लागि प्राक्रितिक उपचार पद्धतीस्

- एउटा कचौरामा एक चम्चा कागतीको रसमा एक चम्चा बेसारको धुलो मिसाउनुहोस् ।

- संक्रमित ठाउँमा यो लेप दल्नुहोस् ।

- यसलाई १५ मिनेट सम्म त्यसै छाडिदिनुहोस् ।

- अव लेप दलेको अंगलाई सफा पानीले पखाल्नुहोस् ।

आफ्नो छालालाई सूर्यको किरणको संसर्गबाट परै राख्नुहोस् । नुहाउनु भन्दा पहिल्यै लेप दल्नुहोस् र यो प्रबिधि दिनको एक वा दुई पटक सम्म छालाको अवस्थामा सुधार नआए सम्म अपनाउनुहोस् ।

यो घरेलु प्रबिधि आयुर्वेद उपचार सिद्धान्तमा आधारित छ । यो बिधि भारतमा प्राचिन भारतीय विज्ञान उपचार प्रबिधिका नामले पनि प्रख्यात छ ।

बेसार तथा कागतीका विशेषताहरु :

१. बेसार :

बेसारमा शरीरको अंग सुनिने बिरुद्ध लड्न सक्ने क्षमता अत्यधिक मात्रामा आबद्ध हुन्छ र यसले छालालाई मुलायम तथा चम्किलो बनाउछ ।

२.मुहारको खैरो दाग मेटाउन प्राकृतिक घरेलु उपचार बिधि :

कागतीले छालालाई जबान, उज्यालो तथा आकर्षक बनाउछ ।

छाला संवेदनशिल छ भने कागतीको रससँगै थोरै दुध तथा पानी प्रयोग गरे पनि हुन्छ ।
SHARE THIS POST :

Enjoy Yourself

 
Support : www.glamournepal.com | www.glamournepal.net | www.tvsansar.net
Copyright © 2011. Sajaa Khabar - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger