Latest Updates :

प्रेसर कति भएमा हाइ ब्लड प्रेसर हुन्छ ? यसरी सिकौ नियन्त्रण गर्ने उपाय...भिडियो हेर्न तल क्लिक गर्नुहोस........

SHARE THIS POST :

रक्तचाप १४० र ९० भन्दा माथि निरन्तर रहेमा त्यसलाई उच्च रक्तचाप भनिन्छ । उच्च रक्तचाप आफौमा रोग त होइन, तर यसले अन्य रोगलाई जटिल बनाउाछ । जीवनशैली तथा खानपानमा सन्तुलन ल्याउने हो भने उच्च रक्तचापबाट बच्न सकिन्छ । उच्च रक्तचापबाट बच्ने केही उपाय :मोटोपनाले उच्च रक्तचाप, हृदयरोगलगायत विभिन्नखाले जोखिम बढाउँछ । थोरै मोटोपना घटाउँदा पनि रक्तचाप उल्लेखनीय मात्रामा कमी आउँछ । धूम्रपान उच्च रक्तचापको मुख्य कारक तत्त्व हो । चुरोटमा भएको निकोटिनले शरीरका ग्रन्थिलाई उत्तेजित गर्छ, जसका कारण एड्रिनलिन हर्मोनको उत्पादन बढ्छ । यसका कारण मुटुको धड्कन तीव्र बन्दै जान्छ ।

नियमित रूपमा हिँड्नु, दौडनु स्वास्थ्यका लागि फाइदाजनक हुन्छ । दौडँदा रगतले अक्सिजन लिने क्रम वृद्धि हुन्छ, जसका कारण रक्तचाप सन्तुलन गर्न सघाउ पुग्छ । यसबाट मुटु सक्रिय हुन्छ, रगत पम्प गर्ने प्रक्रिया सहज हुन्छ । त्यसो हुँदा रक्तनलीहरूमा दबाब कम पर्छ ।उच्च रक्तचापका समस्या भएकालाई महीको सेवन निकै फाइदाजनक हुन्छ । दिनको एक कप मही खाने हो भने उच्च रक्तचापको जोखिम एकतिहाइले घट्ने बताइन्छ । महीमा पाइने क्याल्सियमले रक्तनलीलाई बलियो तथा लचकदार बनाउने हुँदा रक्तनलीको सहज फैलावटका कारण दबाब कम भई रक्तचाप नियन्त्रित हुन्छ ।

केरामा प्रशस्त पोटासियम लवण पाइन्छ । पोटासियमले शरीरमा तरल पदार्थको सन्तुलनलाई कायम राख्छ, जसका कारण रक्तचाप नियन्त्रित हुन्छ । अधिक नुनले रक्तचाप बढाउँछ । नुन रगतमा सजिलै घोलिने भएकाले रक्तनलीमा रगतको मात्रा तथा चाप बढ्न जान्छ । फास्टफुडले पनि उच्च रक्तचाप बढाउने भएकाले त्यसको सेवन पनि कम गर्नुपर्छ ।सुतेका वेला घुर्ने बानी छ भने सावधान हुनुपर्छ । त्यस्तै उच्च रक्तचापका रोगीले पर्याप्त निद्रा लिनुपर्छ । बढी कफी तथा कफीजन्य पदार्थले रक्तचाप बढाउँछ । कफीमा हुने क्याफाइन तत्त्वले रक्तनलीलाई दरिलो बनाउने र त्यसले रक्तचाप बढाउने बताइन्छ । अत: कफी कम गर्नुपर्छ ।
SHARE THIS POST :

Enjoy Yourself

 
Support : www.glamournepal.com | www.glamournepal.net | www.tvsansar.net
Copyright © 2011. Sajaa Khabar - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger