Latest Updates :

फाइदै फाइदा छ यी तेजपात प्रयोग गरे...एकैछिन समय दिएर पढ्न नभूल्नु होला.... ..भिडियो हेर्न तल क्लिक गर्नुहोस........

SHARE THIS POST :

भान्सामा खानाको स्वाद  र सुगन्ध बढाउनको लागि तेजपातको प्रयोग गरिन्छ। स्वाद र वासनाको तुलनामा यो दालचिनी जस्तै हुन्छ। तेजपात पाउडरको रुपमा पनि सजिलै पाउन सकिन्छ। स्वाद बढाउनका साथसाथै तेजपातलाई विभिन्न किसिमका रोगहरु निको पार्नका लागि पनि प्रयोग गरिन्छ।
स्वास्थ्य क्षेत्रमा तेजपातले पुर्‍याउने फाइदाहरु यसप्रकार रहेका छन्।

घाउ निको हुन मद्धत गर्छः
तेजपातले घाउलाई छिट्टै निको बनाउन मद्धत गर्छ। सर्पको विष निकाल्ने देखि लिएर किराहरुले टोकेको घाउ निको पार्न यसको प्रयोग गरिन्छ। तेजपातको तेलमा एन्टी फङ्गल र एन्टी ब्याकटेरीयल गुण हुन्छ जसले छालालाई इन्फेक्सनबाट बचाउँछ।

जुम्रालाई भगाउँछः
कपालमा जुम्रा छ भने तेजपात धेरै काम आउन सक्छ। तेजपातलाई पिसेर पानीमा धेरै बेर उमाल्ने र त्यसपछि उक्त पानीलाई कपालको जरामा लगाएर ३–४ घण्टा पछि पानीले धुने। यसो गरेमा जुम्राको समस्याबाट छुटकारा पाउन सकिन्छ। यसका साथै यसले कपाललाई चम्किलो र बाक्लो पनि बनाउँछ।

मधुमेहको उपचारः
मधुमेहका रोगीहरुका लागि तेजपात धेरै फाइदाजनक हुन्छ। यसले रगतको ग्लुकोज, कोलेष्ट्रोल र ट्राइग्सिराइडको मात्रालाई नियन्त्रण गर्छ। तेजपात एन्टीओक्सिडेन्टले भरिपूर्ण हुन्छ जसले मधुमेहलाई निकै हदसम्म कम गर्छ।

पाचनको लागि राम्रोः
खानामा तेजपातको प्रयोगले पाचन सही राख्छ। तातो पानीमा तेजपात मिसाएर पिउनाले ग्यास, अपच, कब्जियत जस्ता समस्याहरुबाट छुटकारा पाउन सकिन्छ। अपचको समस्या भएमा तेजपात र अदुवालाई पानीमा धेरैबेर उमाल्ने र चिसो भएपछि मह मिसाएर दिनमा दुई पल्ट पिउनाले आराम पाउन सकिन्छ। यो तरिका ज्वरो आएका बेला पनि अपनाउन सकिन्छ।

मुटु सम्बन्धी समस्याः
तेजपात फाइटोन्युट्रिएन्टसले भरिपूर्ण हुन्छ जो कार्डियोभस्कुलर बिमारी जस्तै हृदयघातको सम्भावनालाई कम गर्छ। यसमा पाइने विभिन्न तत्वहरुले मुटुको संचालनलाई सही राख्छ।
SHARE THIS POST :

Enjoy Yourself

 
Support : www.glamournepal.com | www.glamournepal.net | www.tvsansar.net
Copyright © 2011. Sajaa Khabar - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger