Latest Updates :

पूर्ण यौनसन्तुष्टिको कत्ति सेन्टिमिटरको लिंग चाहिन्छ त ??? यस्तो छ लिङ्गको आकारको बिषयमा डाक्टर खेम कार्कीको भनाई...जानी राखौ ....भिडियो हेर्न तल क्लिक गर्नुहोस........

SHARE THIS POST :

यस्तो छ लिङ्गको आकारको बिषयमा डाक्टर खेम कार्कीको भनाई..........

लिङ्गको आकार, योनीको आकार, स्तनको आकारको बिषयलाई लिएर बिशेषगरी यूवा यूवतीहरुमा बढि खुल्दुली रहेको पाईन्छ । लिङ्गको आकार होस् वा शरीरको आकारको बिषयमा कुराकानी गर्नुपर्दा यो कुनै खानेकुराहरुसँग सम्बन्धित भन्दा पनि बंशानुगत गुणको आधारमा हुन्छ । सानोमा हुने कुपोषणको कारणले अग्लो हुनुपर्ने मान्छे पुड्को हुनसक्छ । तर प्रजनन अङ्गको आकारलाई भने बंशानुगत गुणको कारण नै मख्य मानिन्छ । रह्यो कुरा यौनसन्तुष्टीको, मेरो लिङ्ग सानो छ मैले यौनसन्तुष्टि दिन सक्दिन की वा मेरो लिङ्ग ठुलो छ यसले केहि समस्या निम्त्याउँछ की भन्ने सोच एकदमै नराम्रो र अशिक्षित कुराहरु हो ।

 यौनसन्तुष्टि दिनको लागी जम्मा ४ सेन्टिमिटरको मात्रै लिङ्ग भएपनि हुन्छ । त्यो भन्दा पनि सानो छ भने यसलाई माईक्रोपेनिस भन्छौ, त्यस्तो मान्छेलाई केहि न केहि समस्या अवश्य नै भएको हुन्छ । तर अधिकांशको त्यस्तो अवस्था होईन । ४ सेन्टिमिटर देखी १९ सेन्टिमिटर सम्मको लिङ्गले यौनसम्पर्कमा कुनै पनि किसिमको बाधा आउँदैन । महिलाहरुमा यौनसन्तुष्टि दिने भाग योनीको अघिल्लो पट्टिको भागमा नै हुन्छ जसलाई ४ सेन्टिमिटरको लिङ्गले सहजै भेट्न सक्छ । त्यसकारण पुरुषहरुले मेरो सानो लिङ्ग छ आफ्नो यौनसाथीलाई यौनसन्तुष्टि दिन सक्दिन भन्ने  र महिलाहरुले पनि सानो लिङ्ग भएकोले यौनसन्तुष्टि दिन सक्दैन भन्ने वा ठुलो लिङ्गले योनीमा केहि असर गर्छ भन्नु पर्दैन ।

प्राकृतिक हिसाबले सबै किसिमका लिङ्गलाई सहज(एडजस्ट) हुने तवरले योनीको बिकास भएको हुन्छ । यसको बारेमा थप चिन्ता गरिरहनुपर्ने अवस्था हुदैँन । अहिलेसम्म संसारमा लिङ्गलाई आफुले चाहेको जत्रो साईजमा बढाउने वा ठुलो साईजमा ल्याउने कुनैखालको औषधी बजारमा आएको छैन । यसको बिकासको क्रम बंशानुगत रुपमा हुने गर्छ त्यसकारण कुनैपनि बिज्ञापनको पछि नलाग्नको लागी अनुरोध पनि गर्न चाहान्छु । हाम्रो देशका युवायुवती र स्वास्थ्य संस्थामा काम गर्ने कर्मचारीको बिचमा राम्रो तरिकाले संबाद वा छलफल नै हुन पाईराखेको छैन ।
यौनसम्बन्धी कुराहरु भएता पनि एकदमै खुलेर कुनैपनि कुराहरु भईराखेको पाएको छैनौँ । अर्को महत्वपूर्ण कुरा के हो भने हाम्रो स्वाथ्यसंस्थामा काम गर्ने कर्मचारीहरुमा पनि लाज लाग्ने वा भन्न गाह्रो मान्ने अवस्थाहरु देख्न पाईन्छ । त्यसैले कर्मचारी साथीहरुले पनि यौनस्वास्थ्यको बारेमा खुलेर कुरा गरिदिनुपर्छ र युवायुवती साथीहरुले पनि आफ्नो समस्याहरुलाई नलाजाई, नहिच्कीच्याई स्वास्थ्य कार्यकर्ताहरुलाई भन्नुपर्छ ।
 Source : www.aradioaudio.com
SHARE THIS POST :

Enjoy Yourself

 
Support : www.glamournepal.com | www.glamournepal.net | www.tvsansar.net
Copyright © 2011. Sajaa Khabar - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger