Latest Updates :

यी हुन भण्टाको फाइदाहरू ......जानी राखौं...भिडियो हेर्न तल क्लिक गर्नुहोस .......

SHARE THIS POST :

खानाको थालमा आलूपछि भण्टाको धरै प्रयोग हुने गर्दछ । यो तरकारी नेपालमा पनि उत्पादन हुने गर्दछ, यसैले यसको महत्वत र स्वा्स्य्र् लाभ हाम्रा लागी निकै महत्वपूर्ण रहेको छ ।

पोषणको दृष्टिले हेर्ने हो भने भण्टामा खनिज लवण तथा भिटामिनको राम्रो मात्रा पाइने गर्दछ । हेर्दामा ठोस भएपनि भण्टामा ९२ प्रतिशत पानीको मात्रा पाइन्छ । खनिज लवणहरूमा भण्टामा क्याल्शियम, फास्फोरस, फलाम-तत्व, पोटाशियम तथा म्यागनीज मध्यम मात्रामा हुने गर्दछ । केही मात्रामा भिटामिन ‘ए’ तथा ‘बी’ कम्पलेक्स पनि भण्टामा पाइन्छ । भण्टा खानाले मधुमेह र हृदयरोग जस्ता रोगहरूलाइ टाढा भगाउँदछ । यहाँ भण्टाका बारेमा केही चर्चा गरिन्छ ।

भण्टाबाट हुने लाभहरूः

फाइबर- फाइबर एक जरुरी तत्वू हो जसले पाचन क्रियालाइ राम्रो बनाउँदछ । भण्टा खानाले मानिसलाइ २ ग्राम फाइबर प्राप्तन हुन्छ । यसलाइ खानामा समावेस गर्नाले कब्जि्यत जस्ता रोगले समाउन पाउँदैन ।

त्वचा- भण्टाले त्वछचालाइ हाइड्रेट गर्दछ । भित्रबाट चिसो बनाउँदछ । यदि तपाइँको केश र त्वटचामा रूखापन छ भने तपाइँ भण्टा खान शुरू गर्नुस ।

तौल घटछः यो खानाले बोसो कम हुन्छ र क्यालोरी समेत कम गर्दछ । यसमा फाइबर हुन्छ, जसलाइ खानले पेट भरिन्छ र छिटै भोक लाग्दैन । यसका कारण मानिसको तौल पनि कम हुन्छ ।

क्यान्सरः यसमा एउटा यस्तो तत्व पाइन्छ, जसले शरिरमा क्यान्सरको सेलसंग लड्न मद्दत गर्दछ । यदि तपाइँ दैनिक रूपमा भण्टा खानुहुन्छ भने शरीर क्यान्सरसंग लड्न सक्ने हुन्छ । यो बिशेषगरी पेटको क्यान्सर संग लड्नमा सहायक हुन्छ ।

दिमागका लागीः यसको रूखमा पाइने न्यूकट्रियन्ट्स का कारण यसमा बस्ने तत्वले हाम्रो दिमागका लागी निकै राम्रो गर्दछ । यसले कुनै पनि प्रकारको नोक्सापनी हुन बाट हाम्रो कोशिकाको झिल्लीालाइ बचाउँदछ । यसले दिमागलाइ फ्री रेडिक्लाबाट बचाउँदछ र ब्रेनको विकास गर्दछ ।

मुटुः धमनिहरूको भित्तामा कोलेस्ट्रोकलको लेवल कम गर्दछ । यहाँ सम्म कि रगतको नसामा रगत ठिक प्रकारले बग्न थाल्दछ ।

मधुमेहः हाई फाइबर र कम कार्बोहाइड्रेटको तत्वक भएका कारण यो मधुमेह रोगीहरूका लागी निकै राम्रो आहार हो । यसलाइ नियमित खानाले मानिसमा शुगर लेभल कम हुन्छ ।

लीभरः लिभरको रोग लागेमा भण्टाले पनि लाभदायक प्रभाव पार्दछ । भण्टाको पातमा हल्का निद्राकारी तत्व रहने गर्दछ । अतः औषधीमा यसको पातहरूले आधारभूत तत्वको कार्य गर्दछ ।

आजै बाट हामी पनि भण्टाको सेवन गर्न शुरू गर्ने कि ?
SHARE THIS POST :

Enjoy Yourself

 
Support : www.glamournepal.com | www.glamournepal.net | www.tvsansar.net
Copyright © 2011. Sajaa Khabar - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger