Latest Updates :

यसरी बढाउन सकिन्छ तपाईको आँखाको ज्योति जानी राखौं.....

SHARE THIS POST :

 पछिल्लो समय धेरै युवा युवतीका आँखामा समस्या देखिन थालेका छन् । आजको व्यस्त जिवनशैलीले गर्दा युवा युवतीको मात्रै होइन अधिकांश मानिसहरुको आँखा कमजोर हुने गर्दछ । गलत खानपान तथा कामको व्यस्ता जस्ता कारणले हाम्रा आँखा कमजोर बन्छन् । हामीले खाने खाना र हाम्रा केहि ब्यबहार सुधार्न सक्यौ भने हाम्रो आँखाको ज्योती बढ्न सक्छ । आँखा कसरी कमजोर बन्दै जान्छन सबैभन्दा पहिला त्यसका बारेमा जानकारी लिनुहोस् :

आँखाको कमजोर हुने कारणहरु :
१. धुलो धुवाँ :
हामी हाम्रो दैनिकीको धेरै समय घर बाहिर बिताउँछौं । हाम्रो वातावरण साह्रै दुषित बन्दै गैरहेको छ । हाम्रो वातावरणको दुषित धुलो र धुवाँले गर्दा हाम्रो आँखामा असर पार्ने गर्छ ।

२. इलेक्ट्रोनीक सामान  :
कामबाट बचेको तपाई हाम्रो समय मोबाइल, कम्प्युटर तथा टि.भि. सँग बित्छ । रातमा अबेर सम्म मोबाईलमा गेम खेल्नु लाईट बालेर सत्नु धेरै टि.भि हेर्नु र कम्प्युटरमा धेरै बस्ने बस्नु पनि आँखा कमजोर बनाउँने कारक हुन ।

३. चर्को घाममा विना छाता विना चस्मा बाहिर हिडनाले पनि आँखामा असर गर्दछ ।
४. आँखाको मेकपको लागि विभिन्न प्रोडक्टसको सामान प्रयोग गर्नाले पनि हाम्रो आखाँ कमजोर हुने गर्दछ ।

आँखाको ज्योति बढाउने केहि सामान्य टिप्स :

१. चिसो पानीले आँखा धुने :
बिहान जहिले पनि मुख धुदा आफनो आँखामा सफा पानीले तिन चार पटक आँखामा छायाप्ने गरेमा आँखाको ज्योति बढाउन सहयोग गर्छ । साथै आँखालाई आराम दिने किसिमको एक्सरसाइज गर्दा पनि आँखालाई निकै फाईदा हुने गर्छ ।

२. अनिदो नबस्ने :
आँखालाई स्वस्थ राख्न अनिदो बस्नु हुँदैन । अनिदो ले गर्दा आँखामुनि कालोघेरा बस्न थाल्छ जसले गर्दा आखाँको रोशनि धमिलिन थाल्छ । त्यसैले आखाँको हेरचाह र आँखालाई स्वस्थ राख्नको लागि समयमा सुत्ने र समयमा उठने गरेमा आँखाको ज्योति विकाशमा वुद्धि हुन्छ ।

३. कम प्रयोग :

तपाई कुनै आखाँसंग सम्बधीत जस्तै कम्प्युटर टि.भि आदिमा काम गर्नूहुनुछ भने लगातर गरि नरहनुहोस । बेलाबेलामा ब्रेक गदै काम गर्नु भो भने तपाईको आँखालाई केहि हदसम्म भए पनि राहात मिल्छ ।

४. नियमित जाच  :

आँखाको नियमित जाँच गराउनु अति नै आवश्यक हुन्छ । तपाईको आखाँ कमजोर छैन पढन लेख्न सजिलै सक्नुहुन्छ भने पनि आखाँको कम्तीमा वर्षको एकपटक आखाँ जाचँ गराउनु पर्छ ।
SHARE THIS POST :

Enjoy Yourself

 
Support : www.glamournepal.com | www.glamournepal.net | www.tvsansar.net
Copyright © 2011. Sajaa Khabar - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger