Latest Updates :

चर्चित् नायिका ..करिश्मा मानन्धरबारे... पति विनोदले गरे..यस्तो खुलासा.....भिडियो हेर्नको लागि तल क्लिक गर्नुहोस्....

SHARE THIS POST :

नेपाली चलचित्र उद्योगमा करिश्मा मानन्धर ‘सदाबहार नायिका’का रूपमा चिनिन्छिन् । १४ वर्षको उमेरमा सिने क्षेत्रमा प्रवेश गरेकी उनले कलिलै उमेरमा निर्माता विनोद मानन्धरसँग बिहे गरिन् । बुढाबुढीका विषयमा पटक–पटक गसिप बन्छन् । तर, खण्डन खासै सुनिदैन । एक छोरीकी आमा करिश्माको बानी र स्वभावबारे विनोदसँग १०१ प्रश्न सोधेका छन् :

फिल्म/करिश्मा
१. सुन्दरी नायिकाका रूपमा चिनिनुहुन्छ । तपाईं आफूलाईचाहिँ आफ्नी श्रीमती कति सुन्दर लाग्छिन्?
राम्री छिन्, अरूलाई सुन्दर पनि लाग्छ होला । आफ्नै श्रीमती भएर पनि होला, मलाई भने त्यति धेरै सुन्दर लाग्दैन । हुन त केटा मान्छेले ‘श्रीमती अरूका, केटाकेटी आफ्ना राम्रो मान्छ’ भन्ने उखान नै छ । ‘घरकी मुर्गी दालबराबर’ भएर पनि होला । मलाई मात्रै होइन, सबैलाई त्यस्तै लाग्छ होला ।
२. पत्नी सुन्दर भएकीमा कहिलेकाहीँ ईष्र्या लाग्छ कि लाग्दैन ?
लाग्दैन मलाई त ।
३. दुवैजना चलचित्र क्षेत्रमा हुनुहुन्छ, धेरै गसिप बन्छन् । बजारमा सुनिने त्यस्ता गसिपले दुईजनाबीच कहिले झगडा परेको छ कि छैन ?
पहिला–पहिला कहिलेकाहीँ हुन्थ्यो । तर, अचेल केही पनि हुन्न ।
४. कहिले झगडा परेको थियो ? कुन घटनामा ?
(हाँस्दै) एकजना महिला कलाकार थिइन्, मसँगै काम गर्ने । उनको र मेरोबारेमा गसिप हुन्थे । करिश्माले ‘अब त्योसँग नभेट्नु’ भनेकी थिइन् । एकपल्ट नयाँ बानेश्वरमा करिश्माले पनि चिन्ने एउटी अर्की महिला साथीले त्यसपछि पनि हामीलाई देखेकी थिइन् । नेपालगन्जमा मेरो सुटिङ चलिरहेको थियो । करिश्मा पनि त्यहीँ आउने कुरा थियो । प्लेनमा हामीलाई बानेश्वरमा देख्ने ती साथी पनि सँगै परिछिन् । उनले ‘बानेश्वरमा दुईजनालाई देखेको, मलाई देखेपछि विनोद दाइले त अनुहार लुकाउनुभयो’ भनेर सुनाइदिइछिन् । अनि त के थियो, सुटिङ युनिटकै अगाडि ‘तिमीले फेरि पनि त्यसलाई भेट्यौ है’ भन्दै बबन्डर गरिहालिन् नि । तनावै भयो नि ।
५. त्यस्ता उहाँका घटना पनि छन् ?
ऊ (करिश्मा)सँग नाम जोडिएका गसिप सुन्दा मैले पनि सोध्थेँ नि । ‘के हो यो कुरा ?’ चर्काचर्की हुन्थ्यो नि । तर, पछि बुझ्दै गयौँ । अचेल त केही मतलबै हुन्न ।
६. उहाँले पहिलोपल्ट टङ किसको सिन दिँदा रिस उठेन ?

उठेन । म युकेमा हुर्केको मान्छे । चलचित्रमा कसरी सिन दिइन्छ, सबै बुझेको थिएँ । गसिप बन्ने अर्कै कुरा हुन् । फेरि उसले धेरै त्यस्ता सिन दिएकी पनि छैन ।
७. एकपल्ट उहाँको सुटिङ युनिटमै पुगेर निर्देशकलाई हात हाल्नुभयो रे नि ?
खासमा त्यो पहिल्यै तय भएको सिन थिएन । करिश्माको पोखरामा सुटिङ चलिरहेको थियो । शैलेश आचार्यले ‘भुवन केसीलाई टङ किस नै गरिदिनु’ भनेछ । अनि, जबर्जस्ती सिन गर्न खोजेछ । त्यो कुरा करिश्माले मलाई फोनमा बताएपछि रिसले तातेर पोखरा पुगेँ, शैलेशलाई ठीक गर्छु भनेर । तर, ऊ हिँडिसकेको रहेछ, नारायण पुरी पर्‍यो, उसले खायो । पछि भुवनदेखि अरू सबैले ‘कुरा यस्तो हो’ भनेर सम्झाए ।
८. स्विमिङ सुट वा टुपिसमा पहिलोपटक कहिले सिन दिनुभयो ? तपाईंलाई याद छ ?
किन नहुनु नि । मसमेत भएको कस्तुरी फिल्ममा त हो नि, उसले पहिलोपल्ट स्विमिङ कस्ट्युम लगाएर सिन दिएको । युकेमा सुटिङ गरिएको हो, त्यो नर्मल थियो ।

उठ्ने/सुत्ने
९. कति बजे उठ्नुहुन्छ ?
काम परे त चार बजे नै उठ्छ । उसै पनि ६–७ बजेभित्र उठिसक्छ ।
१०. चिया/कफी के रुचाउनुहुन्छ ?
चिया नभई हुँदैन । बेड टी खाएपछि मात्रै हो ओछ्यानबाट निस्कने ।
११. एक्सरसाइज गर्नुहुन्छ कि गर्नुहुन्न ?
हेल्थका बारेमा त एकदम कन्सस छ । एक्सरसाइज धेरै गर्छ । मर्निङवाक जान्छ । पानी पर्‍यो भने घरभित्रै एक्सरसाइज गर्छ ।
१२. योगा गर्नुहुन्छ कि गर्नुहुन्न ?
योगा पनि गर्छ आँगनमै ।
१३. साँझमा पनि एक्सरसाइज गर्नुहुन्छ कि ?
कहिलेकाहीँ फुर्सद हुँदा साँझमा पनि गर्छ ।
१४. राति कतिखेर सुत्नुहुन्छ ?
काम विशेषले ढिलो भएन भने ६–७ बजे खाना खाइसक्छ । नौ बजेभित्र सुतिसक्छ ।
१५. सुत्नुअघि केही खाने बानी छ ?
छैन । तर, बिहान भने फलफूल खान्छ ।
१६. घरमा बस्दा कस्ता लुगा लगाउन मन पराउनुहुन्छ ?
ट्रयाकसुट, टी–सर्ट लगाउँछ ।

पत्रपत्रिका/टेलिभिजन
१७. पत्रपत्रिका कत्तिको पढ्नुहुन्छ ?
आफैँ खोजेर त होइन, ल्याएको छ भने पढ्ने गर्छ ।
१८. कतिखेर पढ्नुहुन्छ ?
जतिवेला फेला पर्‍यो त्यतिवेला हेर्ने हो ।
१९. टेलिभिजन कति हेर्नुहुन्छ ?
टेलिभिजन भने त्यति हेर्दैन ।
२०. आफ्नोबारेमा छापिएका समाचार पढेपछि–हेरेपछि कस्तो प्रतिक्रिया जनाउनुहुन्छ ?
वास्तै गर्दैन । पहिला–पहिला भने अलि सिरियस्ली लिने गर्थी । तर, अचेल गसिप हेरेपछि ‘जे पनि लेख्छन्’ भनेर वास्तै गर्दैन ।
खाना/खाजा
२१. बिहानको खाजामा के मन पराउनुहुन्छ ?
बिहानमा त फलफूल नै हो खाने ।
२२. बिहानको खानामा के मन पराउनुहुन्छ ?
दाल, भात, तरकारी । नेपाली खाना रुचाउँछ ।
२३. माछा–मासु नि ?
खसीको मासु एकदमै मन पर्छ । त्यसपछि माछा खान रुचाउँछ ।
२४. दिउँसो खाजा के खानुहुन्छ ?
दिउँसोको खाजामा प्राय: रुचि हुँदैन ।
२५. रातिको खानामा के रुचाउनुहुन्छ ?
भेजिटेबल र चिकेन सुप खान्छ । कहिलेकाहीँ रोटी पनि खान्छ ।
२६. खाना आफैँ पकाउनुहुन्छ कि अरूले पकाउँछन् ?
पकाउन रुचि त छ । तर, अरूले नै पकाउँछन् ।
२७. उहाँले पकाएको तपाईंलाई एकदम मन पर्ने परिकार कुन हो ?
मासु एकदम मीठो बनाउँछ ।
२८. उहाँले पकाएको तपाईंले खान नपाएको कति भयो ?
दसैँमा त पकाएको हो ।
२९. तपार्इंले आफू कत्तिको पकाउनुहुन्छ ?

मलाई पनि पकाउनमा त एकदमै रुचि छ । दिनदिनै पका भने पनि पकाउँछु । तर, पकाउनचाहिँ म पनि पकाउँदिनँ, काम गर्नेछन्, उनीहरूले नै पकाउँछन् । बरु, किचेनमा छिरेर यसरी पकाऊ भनेर भन्ने गर्छु । नयाँ पत्रिका बाट ।
५. केटाहरुलाई यो कुरा जान्न पनि निकै हतार हुन्छ की जुन केटीलाई उसले मन पराएको हुन्छ त्यो केटीलाई यौन सम्बन्धको बारेमा के जानकारी छ अनि शारीरिक सम्पर्क राख्ने इच्छा उसमा छ की छैन ?
SHARE THIS POST :

Enjoy Yourself

 
Support : www.glamournepal.com | www.glamournepal.net | www.tvsansar.net
Copyright © 2011. Sajaa Khabar - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger