Latest Updates :

खाली पेटमा नगरौं एक्सरसाइज ! त्यसो भए ब्यायामअघि के खाने ?....जानी राखौं....भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस....

SHARE THIS POST :

ज्यानलाई तन्दुरुस्त बनाउनुपर्छ भनेर बिहान उठ्नेबित्तिकै एक्सरसाइज गर्नतिर लाग्ने धेरैको बानी हुन्छ । यसैपनि बिहानै केही खान मन नलाग्ने भएर एक्सरसाइज गरेर खाना खाने गरिन्छ । यसले दोहोरो हानी हुन्छ, एक त चाहे जति एक्सरसाइज नगरी ज्यान थाक्छ, अर्काे पेट पूरै खाली हुने भएकाले पछि धेरै खाना खाइन्छ । यसले ज्यान दुब्लाउनुको सट्टा मोटाउन पो सघाइरहेको हुन्छ । त्यसो भए ब्यायमअघि के खाने ?


दूधः एक गिलास तातो दूध घटुक्क पार्नुहोस्, पोष्टिक तत्व मात्रै होइन, पेटलाई शान्त बनाएको महशसु गर्न सकिन्छ ।
फलफूलः मौसमअनुसारको फलफूल खानहोस्, पेट भर्नुका साथ एक्सरसाइज गर्नका लागि ऊर्जा समेत प्राप्त हुन्छ ।


जौको सातुः पहाडी भेगमा पाइने जौ को सातु दुधसँग घोलेर खान सक्ने हो भने धेरै लाभदायी हुन्छ । एक्सरसाइज गर्दा शरीरलाई कार्बोहाइड्रेट्सको जरुरी पर्छ । जौको सातुमा धेरै कार्बाेहाइड्रेड्स हुन्छ । खाएको छोटो समयमै पच्ने मात्रै होइन, परीरको तौल घटाउनसमेत मद्दत गर्छ ।
केराः केराले शरीरलाई तुरुन्तै ऊर्जा दिन्छ । केरामा छिट्टै पच्ने खालको कार्बोहाइड्रेट्स पाइन्छ । जुन व्यायाम गर्ने समयका लागि उत्तम मानिन्छ । तर, केरा नियमित खानुअघि फिटनेस ट्रेनरसँग परामर्श लिनु उचित हुन्छ ।


दहीः अमिनो एसिडको मात्रा अत्यधिक हुने भएकाले दहीले शरीरको मांसपेशीलाई तन्दुरुस्त राख्न मद्दत गर्छ । प्रोटिन र कार्बोहाइड्रेट्सको मात्रासमेत पाइने दहीले व्यायामका वेला चाहिने ऊर्जा शरीरलाई उपलब्ध गराउँछ ।


SHARE THIS POST :

Enjoy Yourself

 
Support : www.glamournepal.com | www.glamournepal.net | www.tvsansar.net
Copyright © 2011. Sajaa Khabar - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger