Latest Updates :

यी हुन् सुशीललाई ‘बलि’ दिएर बाँच्न चाहने सहयोगी र सदस्य.................

SHARE THIS POST :

काठमाडौं, ११ माघ । नेपाली कांग्रेसको १३औँ महाधिवेशन आउन मुस्किलले अब एक महिना मात्रै बाँकी छ । कांग्रेस सभापति सुशील कोइरालाको खासै सक्रियता नदेखिएको आरोपछ ।
सभापतिको उम्मेदवारी दिने घोषणा गरिसकेका वरिष्ठ नेता शेरबहादुर देउवा र उपसभापति रामचन्द्र पौडेलले सम्पर्क कार्याल खोलेर तयारी गरिसकको छन् । देउवा र पौडेलका साहयोगीहरुले धमाधम आफ्ना नेताहरुको प्रचार प्रसार गरेका छन् । कोइरालाको गतिविधि सहयोगीहरुका कारण शून्यमा छ ।
यति मात्रै होइन देउवा र पौडेलका सहयोगीहरुले नेता तथा कार्यकर्ता र जिल्लामा प्रभाव राख्ने नेताहरुलाई बोलाइबोलाइ भेट गराउने गरेका छन् । कोइरालाको सहयोगीहरुले भने नेताहरुलाई उनको नजिक जानै दिँदैनन् ।
बिडम्बना दोस्रो पटक सभापति बन्ने दाउँमा रहेका कोइराला मौन छन् । उनले आफ्नो कोटरीभित्र सभापति बन्ने दाउँमा रहेको सनाउने गरेका छन् । कोइरालाले आफूले १३औँ महाधिवेशनमा उम्मेदवारी दिने कि नदिने भनेर केही भनेका छैन । उनको सचिवलाय र सहयोगी पनि मौन छन् । कुनै राजनीतिक गतिविधिमा देखिदैनन् ।
सभापति कोइरालाका जति पनि सहयोगी र सल्लाहाकार छन्, सबै रमिता हेरेर बस्ने गरेका छन् । कोइरालालाई उचित सल्लाह दिन नसक्दा महाधिशेनमा उनको उम्मेदवारी र भूमिकाको विषयमा अन्यौलता छाएको हो ।
सभापति कोइरालालाई नजिकबाट सल्लाह दिने अमेरिकी नागरिक मृदुला कोइराला, निजी सहयोगी आफ्नै भतिजा अतुल कोइराल, निरीक्षक मोहन आचार्य, नरहरि आचार्यका आफन्त सागर खनालले खासै राम्रो सुझाव नदिने गरेको आरोप केही केन्द्रीय सदस्यहरुले लागउने गरेका छन् । यो समूहले कोइरालाका नजिकका केन्द्रीय सदस्यहरुलाई पनि महाराजगञ्जस्थित निवासमा प्रवेशमा रोक लगाएको गुनासो गर्ने गरेका छन् ।
कोइरालालाई यो सानो गुटले घेराबन्दी गरेर राखेको छ । यो गुटले कोइरालालाई बाहिर गएर राजनीति गर्न नदिँदा कोइराला परिवारबाट यस पटक सभापति पद खुस्कने संकेत पनि देखा पर्न थालेको देउवा समूहका नेताहरुले बताउने गरेका छन् ।
हुत त अमेरिकी नागरिकसमेत रहेकी कोइरालाकी सहयोगी एवम् सल्लाहाकार मृदुला कोइराला केन्द्रीय सदस्य बन्ने दाउमा लागेकी छिन् ।
त्यसका लागि कोइराला सभापति पदमा उठ्नु पर्ने र आफू सोही गुटको लिष्टमा पर्नुपर्ने बताउँदै आएको महाराजगञ्ज स्रोतको भनाइ छ ।
सोही कारण पनि कोइरालालाई मृदुलासहितको सानो समूहले फेरि सभपातिमा उम्मेदवारी दिन उकासीरहेको छ । कोइरालाले १२औँ महाधिवेशनमा एक पटकका लागि मात्रै म सभापति बन्छु भनेर मत मागेका थिए ।
अहिले आएर त्यो भनाइलाई मृदुलासहितको ‘कोटरी’ले बेवास्ता गर्दै कोइरालालाई सभापतिमा उकासी रहेका छन् ।
हुन त कोइरालालाई सभापति पदमा उम्मेदवारी दिन उकासनेमा केन्द्रीय सदस्य मीनेन्द्र रिजाल, महेश आचार्य, दिलेन्द्र बडू, नरहरि आचार्य, आनन्दप्रसाद ढुङ्गाना, दिलबहादुर घर्ती, नारायण खड्काले दबाव दिइरहेको छ । यो समूहले कोइरालालाई ‘बलि’ दिएर आफूहरुको राजनीति सुरक्षित बनाउन चाहेको आरोप छ ।

SHARE THIS POST :

Enjoy Yourself

 
Support : www.glamournepal.com | www.glamournepal.net | www.tvsansar.net
Copyright © 2011. Sajaa Khabar - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger