Latest Updates :

ल्होछारमा ध्यान दिनुपर्ने महत्वपूर्ण कुराहरु................

SHARE THIS POST :

ल्होछार  चाडको सम्बन्ध पुरानो साललाई विदा गर्ने र नयाँ साललाई स्वागत गर्ने सन्दर्भसँग गाँसिएको छ । उदाहरणका लागि, यो पश्चिमेली मुलुकहरुले बाह्रौं महिनाको अन्तिम साँझ र नयाँ सालको पहिलो दिनलाई स्वागत गरे जस्तै हो । तामाङहरुले नयाँ साललाई ‘ल्होछार’ र अन्य समुदायले नयाँ साललाई ‘लोसार अथवा ल्होसार’ भनेर सम्बोधन गरेको पाइन्छ ।

नेपाललगायत जापान, चीन, हङकङ, ताइवान, कोरिया, थाइल्याण्ड, भुटान र तिब्बतमा मनाइने ल्होछार  (नयाँ साल)को गणना मञ्जुश्री र कालचक्र ज्योतिषशास्त्रमा आधारित छ । प्रत्येक वर्षको ल्होछार  (नयाँ साल)को गणना र नामाकरण १२ वटा जनावरको नाम, ५ वटा धातु र २ लिङ्गबाट हुन्छ । १२ वटा जनावरको नामहरुः मुसा–चीवा/ नम्ङयू, गोरु–लाङ /म्हेये , बाघ–तक/च्यान , ये–खरायो / बिरालो – तवर , मेघ–डुक/मुपुख्री , सर्प–डुल/सा-पुख्री , घोडा–ता, भेंडा–लुक/घ्यु, बाँदर–टे/माकर , चरा–च्या /नाम्ङया  , कुकुर– खी /नाखी  र बँदेल–फक /ड्वा  हुन् । ५ धातुहरुः माटो–स, आगो–मे, काठ–सिङ, फलाम–च्या/फाइ र पानी–छ्यु/क्युइ  हुन् भने २ लिङ्ग पुरुष–फो र स्त्री–मो हुन् । १२ जनावरको नाम, ५ धातु र २ लिङ्गको सहायताले १२० वर्षसम्मको गणना गर्न सकिन्छ

ल्होछारमा ध्यान दिनुपर्ने महत्वपूर्ण कुराहरु

१) ल्होछार सकेसम्म आफ्नो परिवारका सबै सदस्यको सहभागितामा मनाउने  ।

२) स्कुल, कलेज र विश्वविद्यालयमा पढ्ने आफ्ना नानीहरूलाई केही दिनको छुट्टी मिलाई घर ल्याउने गरौं । आफ्ना नानीहरू पढ्ने स्कुल, कलेज र विद्यालयमा ल्होछारको मितिबारे जानकारी गराऊँ र सम्भव भए ङिस्यु गु, छेवा चिक र ल्हप्सोका दिन विदाको व्यवस्था मिलाउने वा सो दिन परीक्षा संचालन नगर्न अनुरोध गर्ने  ।

३) आफ्नो कार्यालय, संघ/संस्था, व्यापार, उद्योग र कल–कारखानामा केही दिन बिदा दिने प्रबन्ध मिलाउने  ।

४) परिवारका सबै सदस्यले आफ्नै जातीय पोसाक लगाउने  ।

५) छिमेकीसँगै स्वदेश–विदेशमा रहेका नाता–गोता र मित्रमा मौखिक वा लिखित रुपमा ल्होछार शुभकामना आदानप्रदान गर्ने |

६) आफ्नो कार्यालय, संघ–संस्था, कलकारखाना, उद्योग वा व्यक्तिगत तर्फबाट ल्होछारको शुभकामना लेखिएको ब्यानर सडकमा टाँगी ल्होछारलाई व्यापक प्रचार–प्रसार गर्ने  |

७) घर र टोल सिंगारी ल्होछारको पहिलो दिन साँझ घर–घरमा झिलीमिली बत्ती बाल्ने  ।

८) आफ्ना नानीहरूलाई ल्होछारको खानाको परिकार आलुम , गुथुक, खाप्से, छयाङगुल, छिमार, फकरील र डेसिल आदि खाना बनाउने र सजाउने तरिका सिकाउने  ।

९) ङिस्यु गु, ल्होछार र ल्हप्सो पूजा किन र कसरी गरिन्छ भन्नेबारे परिवारका सबैले जानकारी लिने  ।

१०) लुङ्दार टाङ्नुको उद्देश्य र लुङ्दारमा हुने पाँच रंगको अर्थबारे बुझ्ने  । निलो- आकाश, सेतो – बादल, रातो- आगो, हरियो- पानी, पहेलो -धर्ती | लुङ्दार टाङ्नु अघि लुङ्दारलाई धर्मगुरुबाट अभिषेक (रप्ने) गर्ने  । बोटविरुवाको संरक्षणका लागि सम्भव भएसम्म रुखको टुप्पोको साझा खम्बा गाडेर लुङ्दार टाँग्ने / झुण्ड्याउने  । वातावरणलाई सफा राख्न कागजमा लेखिएका लुङ्दार उडाउने प्रचलनलाई न्यून गर्ने  ।

११) बाह्र जनावरको नामबाट सालको गन्ती गर्ने तरिका परिवारमा सबैले सिक्ने  । यस्तै गरी पाँच खाम (तत्व) (१) च्या/फाइ –फलाम (२) छयू /क्युइ –पानी (३) स–माटो (४) मे–आगो (५) सिङ–काठ |  दुई लिङ पुरुष र स्त्रीबाट १२० वर्षसम्म गणना गर्ने तरिका सिक्ने  ।

१२) ल्होछारको पहिलो दिनदेखि पूर्णिमासम्म धर्मगुरु र मान्यजनबाट छिमार र आलुम/खाप्से खाई आशिर्वाद लिने बानी बसाल्ने ।

१३) मनोरञ्जन गर्दा मौलिक रीतिरिवाजअनुसार गाउने गीत र नाचगान गर्ने बानी बसाल्ने  ।

१४) ल्होछारको पहिलो दिन आधुनिक सञ्चारमाध्यमः इमेल, मोबाइलमा एसएमएस, रेडियो, टेलिभिजन, टेलिफोन र पत्रपत्रिकामार्फत् शुभकामना दिने  ।

ल्होछारमा संघ–संस्थाले निम्न कार्यक्रमको व्यवस्था गरौ   :

१) व्यापक प्रचार–प्रसार गर्न ल्होछारको अवसरमा पैदल वा मोटरसाइकलको र्‍यालीको आयोजना गर्ने  ।

२) सामूहिक ल्हप्सोपूजा र वनभोज कार्यक्रमको आयोजना गर्ने  ।

३) शुभकामना आदान–प्रदान गर्न जलपान कार्यक्रमको आयोजना गर्ने  ।

४) आफू नजिकका टिभी, रेडियो र पत्रपत्रिका मार्फत् शुभकामना दिने  ।

५) ल्होछारअघि अन्तरक्रिया आयोजन गर्ने  ।

६) सञ्चारमाध्यममा ल्होछार सम्बन्धी लेख रचना पठाउने /प्रकाशन गर्ने  ।

७) युवा पुस्तालाई ल्होछारप्रति रुचि बढाउन ल्होछारको खाना बनाउने तालिमको आयोजना गर्ने  र तालिम पछि ल्होछारको खाना बनाउने प्रतियोगिता सञ्चालन गर्ने , मौलिक एवम्  परम्परागत खानालाई  निरन्तर दिने  ।

८) ल्होछारको बेला ङिस्यू गु, औंसी र छेवा चिक गरी जम्मा तीन दिन स्कुल, कलेज र विश्वविद्यालय बन्द गराउने व्यवस्था  वा छुट्टि मिलाउने वा  महत्वपूर्ण परीक्षा सञ्चालन नगर्न अनुरोध गर्ने ।

९) नजिकका सञ्चारमाध्यममा ल्होछारको शुभकामना सन्देश सहुलियत दरमा प्रकाशन–प्रसारण गर्ने व्यवस्था मिलाउने  ।

१०) स्थानीय प्रशासनलाई ल्होछारको बेला सुरक्षा, ट्राफिक व्यवस्था, विद्युत तथा पानी वितरणको उचित व्यवस्थाका लागि अनुरोध गर्ने  ।

११) सरकारी कार्यलयलाई सञ्चार माध्यम मार्फत् शुभकामना प्रदान गर्न लगाउने  ।

१२) ल्होछार एउटा राष्ट्रिय चाड पनि भएकाले ल्होछार कार्यक्रमका लागि राज्यकोषबाट बजेटको माग गर्ने  ।

१३) विद्यार्थीहरूबीच ल्होछार कार्ड बनाउने प्रतियोगिता सञ्चालन गर्ने  ।

१४) ल्होछार आउनुअघि शुभकामना कार्ड तयार गरी विक्री–वितरण गर्ने व्यवस्था गर्ने  ।

१५) ल्होछारको पहिलो दिनको साँझ सरकारी कार्यालयहरूमा दीपावली गर्न अनुरोध गर्ने  ।

१६) आफ्नो मौलिक संस्कृति झल्कने सांस्कतिक कार्यक्रमहरुको  आयोजना गर्ने  ।

१७) ल्होछारको बेलामा विभिन्न स्थानमा स्वागत गेट राख्ने व्यवस्था मिलाउने /गर्ने  ।

१८) अनाथ, असहाय र वृद्धाश्रमहरूमा ल्होछारको खाना खुवाउने कार्यक्रम  आयोजना गर्ने  ।

संस्कृति संरक्षणका लागि ध्यान दिनुपर्ने कुरा :

१) हाम्रो संस्कृतिको प्रतीक मातृभाषालाई जीवित राख्न आफ्नै मातृभाषामा बोल्ने  र आफ्ना नानीहरूलाई मातृभाषा सिकाउने  ।

२) एक–आपसमा भेट्दा, छुटिँदा र बिदा भएर जाँदा आफ्नै मौलिक परम्पराअनुसार मातृभाषामा अभिवादन गर्ने |

३) ठूला–ठूला व्यापारिक, राजनीतिक तथा सार्वजनिक सभा, समारोह, भेला तथा पार्टीमा मौलिक पोसाक लगाएर आफ्नो जातिहरुको सहभागिता र उपस्थितिको बोध गराउने  ।

४) बिहान, बेलुकी र विभिन्न धार्मिक सभामा मणी जप्ना साथमा ठेङा बोक्ने  ।

५) आफ्नो घर वा डेरामा बुद्ध धर्मका झण्डा राख्ने  ।

६) कुनै खाना खानु वा पेयपदार्थ पिउनुअघि निम्न प्रार्थना गर्ने –  “तेन्पा लामे साङे रिम्पोछे, क्योप्पा लामे दमछयोई रिम्पोछे, डेनपा लामे गेदुन रिम्पोछे, क्याप्ने क्योन्छयो सुमला छयोपावुल ।”

७) लोप हुन लागेको हाम्रा भाँडाकुँडा आदिको प्रयोग गरी संरक्षण गर्ने  ।

८) हाम्रो संस्कृतिअनुसारको गरगहना आदिको प्रयोग गर्ने  ।

९) घर बनाउँदा र सजाउँदा आफ्नै संस्कृति झल्कने तरिकाले बनाउने र सजाउने  ।

१०) सम्भव भएसम्म आफ्नै मौलिक खानालाई निरन्तर दिदै  खाने  ।

स्वदेश वा विदेश जहाँ भएपनि आफू बस्ने डेरा वा घरमा कम्तीमा बुद्धको फोटो राखी सात वटा स–साना कपमा बिहान, बेलुकी चोखोपानी चढाई धुप बाल्ने  । सम्भव भए प्रत्येक रात छयोमी बाल्ने, सम्भव नभए औंसी पूर्णेको दिन छयोमी बाल्ने  । स्रोत:इसमता डट कम |
SHARE THIS POST :

Enjoy Yourself

 
Support : www.glamournepal.com | www.glamournepal.net | www.tvsansar.net
Copyright © 2011. Sajaa Khabar - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger