Latest Updates :

मोवाइलमा यी एप्स नराखेमा जोगिन्छ ब्याट्रीको पावर...........भिडियो हेर्नको लागि तल क्लिक गर्नुहोस्....

SHARE THIS POST :

स्मार्टफोन कम चलाउँदा पनि त्यसको ब्याट्रीको पावर ह्रास आउनुमा एप्सको महत्वपूर्ण भूमिका रहन्छ। विभिन्न एप्स संचालमा रहिरहँदा स्मार्टफोनमा ब्याट्री  चाँडो सकिन्छ।

प्रयोगकर्तालाई ति एप्सका कारण ब्याट्री सकिएको पत्तो पनि नहुन सक्छ। तसर्थ ति एप्स सकेसम्म मोवाइलमा नराख्ने र चलाउँदा केही अन्य विकल्प अपनायौं भने धेरै हदसम्म स्मार्टफोनमा ब्याट्रीको शक्ति बचत गर्न सकिन्छ।

फेसबुक एप– यो एप चलाउँदा सबैभन्दा बढी ब्याट्रिको शक्ति खर्च हुने गर्दछ। यसका लागि फेसबुक ब्राउजर चलाएर ब्याट्रि कम खर्च गर्न सकिन्छ।

वेदर अर्थात मौसम एप– मौसमको जानकारी दिन यो एप संचालनमा रहिरहँदा ब्याट्रि चाँडो खतम हुने गर्दछ। विभिन्न मौसमअनुसारको ठाउँमा पुग्दा यो एप सक्रिय रहन्छ, जसले गर्दा ब्याट्रि चाँडो सकिन्छ। आवश्यक नपरेमा यो एप स्मार्टफोनमा नराख्नु नै उचित हुन्छ। यदि आवश्यक परेमा यसको विकल्पमा ओके गुगलको व्यवस्था गर्न सकिन्छ।

एन्टीभाइरस एप– स्मार्टफोनलाई भाइरसबाट जोगाउन भन्दै प्रयोग हुने एन्टीभाइरस एप पनि ब्याट्रिको टिकाउपनका लागि उपयुक्त हुँदैन। यदि आफैले मोवाइलमा फाइलहरु नियन्त्रण गर्ने र केही सावधानी अपनाउने हो भने यो एप पनि प्रयोग नगर्दा हुन्छ।

क्लिनिङ एप– फोनको कार्यक्षमता द्रुत पार्न भन्दै प्रयोग हुने यो एपका कारण पनि ब्याट्रि चाँडो खतम हुन्छ। अनावश्यक फाइल क्लियर होस् भन्नका लागि प्रयोग हुने यो एप डाउनलोड गर्नु जरुरत नहुन सक्छ।

डिफौल्ट ब्राउजर– यो ब्राउजर सेटिङ डिभाइसमा गएर निस्कृय गर्न सकिन्छ। यसको विकल्पमा गुगल प्ले स्टोरबाट आई ट्यून्सबाट मनपर्ने ब्राउजर प्रयोग गर्न सकिन्छ।

डाटा मोनिटर एप–स्मार्टफोनमा डाटा अत्याधिक नहोस् र संचालनमा असहजता ९ह्याङ० नहोस् भन्न यो एप प्रयोग गरिन्छ। जोगाउन यो एप प्रयोग गरिन्छ। यसका लागि सेटिङमा गई डाटा यूजेजबाट डाटा सीमित गर्न सकिन्छ।
SHARE THIS POST :

Enjoy Yourself

 
Support : www.glamournepal.com | www.glamournepal.net | www.tvsansar.net
Copyright © 2011. Sajaa Khabar - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger