Latest Updates :

जंगबहादुरः सुन्दरीहरुका भोगी नेता.........भिडियो हेर्नको लागि तल क्लिक गर्नुहोस्....

SHARE THIS POST :

देवकी केसी
इतिहास पढ्दा जंगबहादुरलाई एक बहादुर, शक्तिशालि, दन्त्यकथाको नायक जस्तै बुद्धि र बलमा निपूर्ण व्यक्तित्वको रुपमा लिइन्छ । तर, यी जंगबहादुर औंठाछाप नै थिए । यिनले अक्षर पनि चिन्न र आफनो नाम पनि राम्रोसँग लेख्न सक्तैनथे ।
हालसम्मको सबैभन्दा कम उमेरमा प्रधानमन्त्री बन्न सौभाग्य पाएका जंगबहादुर राणाको जन्म बि सं १८७४ असार ७ गते पिता बालनरसिंह कुवर र माता गणेशकुमारीको कोखबाट गोरखाको बोर्लागं भन्ने ठाउँमा भएको थियो । जंगबहादुर सानैदेखि स्कुलको शिक्षामा रुची राख्दैनथे । उनी आफ्ना पिताका साथ धनकुटा, डडेलधुरा र जुम्लामा रहँदा कुस्ती, बन्दुकबाजी, घोडसवार तथा युद्धकलामा साहै निपूर्ण तथा बिद्धत हुँदै गएका थिए ।
परिस्थितिबस एउटा अनपढ र मुर्ख जंगबहादुरको हातमा राज्य संचालनको निरंकुश अधिकार पर्‍यो । तर, पनि उनले चाहेका भए देश बिकास र राज्य संचालनको राम्रो जग बसाल्न सक्थे तर उनले त्यस्तो नगरी आफनो भोगबिलास र सुखसुविधाका लागि राज्यकोषको ढुकुटीको चरम दुरुपयोग गरे ।
उनी प्रधानमन्त्री भएको समय बृटिस साम्राज्यको बिस्तार चल्दै थियो । त्यसबेला अहिलेको स्वतन्त्र मुलुक भारत पनि बि्रटिसको कब्जामा थियो । त्यतिबेला भारतमा अगे्रजबिरोधी गतिबिधि बढ्दै गएको बेला बि्रटिस साम्रराज्यसँग लड्न नसकिने ठानेर उल्टै जंगबहादुरले भारतको लखनउमा अंग्रेजबिरुद्ध गतिबिधि दमन गर्न सैनिक पठाएर सहयोग गरी लखनऊमा लुटपाट मच्चाएर त्यहाँको बनावटको ठुलो सम्पति हात पारेका थिए ।
कतिपय बिद्रोह दबाएपछि भागेर नेपाल आएका भारतका धन कुबेर बेगम तथा महारानीलाई आफ्नै थापाथली दरबारको प्राङ्गणमा शरणार्थीको रुपमा बस्न दिएर उनीहरुसँग भएको हीरा, मोति पन्ना लगायत बहुमुल्य गरगहना सबै आफुले नै लिएका थिए । त्यसपछि ती धन सम्पति सबै उनले आफू र आफना सन्तानको भोग बिलासका लागी नै खर्चेका थिए ।
जंगबहादुर यतिसम्म सुन्दरीहरुका भोगी थिए कि उनका दरबारमा इन्द्रको राज्य अमराबतिलाई पनि बिर्साउने खालका भोग बिलासका साधनहरु थिए । उनी अत्यन्त कामुक थिए । उनका बिबाहित र ल्याइते गरेर ३६ भन्दा बढी पत्नीहरु भएको पाइन्छ । साथै प्रशस्तै आघोषित पत्नीहरु तालिमे, सुसारे, नर्तकी र रखौटीहरु थिए । उनका लागि नेपाल तथा भारतबाट बिभिन्न तरुनी केटीहरु खोजेर ल्याउने प्रशस्त मानिसहरु खटाइएका थिए ।
बिश्वकै महंगी बेश्यामध्येकी एक लुरा बेलसँग सहबास गरेर जंगबहादुरले आफूलाई एक धनी कामुकहरुको सूचीमा समेत राख्न सफल भएका थिए
यसरी उनलाई तरुनीहरु ल्याइदिनेमा सुब्बा, काजी तथा उच्च पदमा बढुवा हुन्थे भने उनको लागी केटी खोजेर ल्यान नसक्नेलाई दण्डसमेत हुन्थ्यो । यदी उनको दरबारमा उनको कामुकतामा भिड्न नचाहने र नसक्ने केटीहरुलाई भोटमा लगेर नेपाल सरकारको प्रतिनिधि मार्फत बेचबिखन हुने गर्दथ्यो ।
जंगबहादुर यतिसम्म कामुक थिए कि भारततर्फ जाँदा बनारस र पटनाका नामुद बेश्याहरुसँग पनि सहबास गर्दथ्ये । एकपटक बिसं १९०७ मा बेलायत यात्राका क्रममा जंगबहादुरले लण्डनकी प्रसिद्ध बेश्या सुन्दरी लुरा बेलसँग एक रातको २ लाख ५० हजार पाउण्ड तिरेर सहबास गरेका थिए । बिश्वकै महंगी बेश्यामध्येकी एक लुरा बेलसँग सहबास गरेर जंगबहादुरले आफूलाई एक धनी कामुकहरुको सूचीमा समेत राख्न सफल भएका थिए ।
उनले सहबास गर्ने कतिपय केटीहरु साहै्र कम उमेरका पनि थिए । जंगबहादुर आफूले कतिपय तरुनीहरुलाई आवश्यकता अनुसार सन्तुष्टि दिन शारीरिक क्षमता ह्रास हुँदै गएका कारण साह्रै निराश हुन्थ्ये । यौनपिपासु, यौनसुखमा लिप्त हुन र तिब्र यौन चाहनामा आबश्यकताअनुसारको सन्तुष्टि दिन नसकेकै कारण निराश भएर जंगबहादुरले अफिमको लत पनि लिने गरेका थिए ।
देशको जिम्मेबार पदमा बसेका जंगबहादुर आफै कामुकतामा लिप्त भएर राज्यकोषको दुरुपयोग हुँदा देश निकासमा खासै प्रगति हुन सकेको थिएन । सेक्स जीवनको एउटा पाटो हो तर सेक्समै जीवन बिताउँदा जीवनको अर्को पाटो अधुरो हुन्छ र जीवनमा त्यसैले धेरै उतार चढाव ल्याउँछ भन्ने कुरा जंगबहादुर जस्ता यौन पिपासुले बुझ्न सकेनन् ।
Sourse :www.onlinekhabar.com
SHARE THIS POST :

Enjoy Yourself

 
Support : www.glamournepal.com | www.glamournepal.net | www.tvsansar.net
Copyright © 2011. Sajaa Khabar - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger