यी ८ कुरा ख्याल गर्नुभयो भने ९० सेकेण्डमै पास हुनुहुन्छ जागिरको इन्टरभ्यूमा.......भिडियो हेर्नको लागि तल क्लिक गर्नुहोस्....
एजेन्सी । जागिरका लागि लिइने अन्तर्वार्ता कुनै अौपचारिकतामात्रै होइन । यसमा कुनै पनि क्यान्डिडेट तोकिएको पोस्टका लागि शारीरिक, मानसिक तथा अन्य विभिन्न पक्षमा सक्षम छ कि छैन भनेर जाँच्ने काम गरिन्छ ।
विभिन्न कम्पनीमा मानव स्रोत विभाग (एचआर डिपार्टमेन्ट)मा म्यानेजरको भूमिकामा रहेर काम गरिरहेका दुई हजार जनासँग कुराकानी गरेर गरिएको अनुसन्धानले एउटा निकै रोचक र उपयोगी तथ्य पत्ता लगाएको छ ।
अनुसन्धानमा सहभागीमध्ये अधिकांशले दावी गरेका छन्, ‘हामी कुनै पनि क्यान्डिडेटलाई हायर गर्ने कि नगर्ने भन्ने कुरा पहिलो ९० सेकेण्ड भित्रमै तय गर्छौं ।’
इन्टरभ्यूमा प्राय: केही सामान्य गल्तिले चिप्लिने गर्छन् । विभिन्न कम्पनीका लागि अन्तर्वार्ता लिँदै आएका २ हजार मध्ये ५५ प्रतिशत म्यानेजरका अनुसार ढोकाबाट भित्र प्रवेश गरेसँग उसको चालढाल र पर्सनालिटी मै पहिलो इम्प्रेसन पर्छ । यस्तै आवाजको स्पष्टता, आत्मविश्वास र भाषिक सुद्धताले दोस्रो इम्प्रेसनको काम गर्छ । जुन तपाईंले बोल्न थाल्ने बित्तिकै झल्किन्छ ।
अनुसन्धानबाट पत्ता लागेको छ कि अन्तर्वार्ता दिनेहरु मध्ये
67 प्रतिशत प्रतिस्पर्धी ‘आई कन्ट्याक’ नगरेर चुक्छन् ।
47 प्रतिशतले आफूले अन्तर्वार्ता दिन लागेको कम्पनीबारे सामान्य जानकारी पनि राखेका हुँदैनन् ।
38 प्रतिशतमा मुस्कानको अभाव हुन्छ । बोल्दा कत्ति पनि हाँस्दैनन् ।
33 प्रतिशत प्रतिस्पर्धी सही ढंगले बस्दैनन् ।
26 प्रतिशत चाहीँ हात मिलाउँदा लत्रिएकैकारण असफल हुन्छन् ।
21 प्रतिशतले अन्तर्वार्ता दिइराख्दा कहिले कपाल त कहिले अनुहारसहित शरीरका विभिन्न भागमा चलाइरहेको पत्तै पाउँदैनन् ।
21 प्रतिशतले हातको घडी छड्के लगाएका हुन्छन् ।
9 प्रतिशतले बढी हाउभाउ देखाउँदैमा चिप्लिन्छन् ।
यी कुराहरु ख्याल गर्नुभयो भने तपाईं पनि ९० सेकेण्डभित्रै जागिरका लागि छानिन सक्नुहुन्छ ।
लेबल:
Amazing


