Latest Updates :

सावधान...यसरी ठक्छन् सुनव्यापरीले सर्वसाधरणलाई...थाहा पाई राखौ अनि चित्त बुझे सेयर पनि गरौं..............

SHARE THIS POST :

देश नाकाबन्दीले चरम पिडामा छटपटाइरहेको पल हिजो आज तेल अनि ग्याँसमा मात्रा कालोबजारी हैन, विशेष गरी सुन पसलेहरु खुलाम खुल्ला चरम कालोबजारी गरिरहेको पाउँदा देशमा सरकार अनि अनुगमन गर्ने प्रणाली नै नभएको जस्तो भान हुन्छ । अमेरिकन डलर दिनका दिन उकालो चढिरहँदा नेपालमा सुनको भाऊ पनि घट्नुको सट्टा बढिरहनु अनि त्यसमाथि पनि सुन बेच्ने व्यपारीक तस्करहरु आसन, इन्द्रचोक अनि अन्य स्थानमा सर्वसाधरणलाई नेपाल रांष्टृ बैंकले तोकेको मूल्यमा विक्री नगर्नुले कम्तीमा पनि तोलामा १५०० सम्म ठगिने स्पष्ट रुपमा पाउँछौ ।

विवाहको सिजनमा सुन किन्न बाध्य सर्वसाधरण तोकेको भाऊमा सुन खोज्दा सुनै छैन भन्ने जस्तो जवाफ दिने अनि बढाएर मूल्य भन्ने जस्तो फटाह तस्कररुपी सुन पसलेहरुलाई यसरी खुल्लाम खुल्ला बिल काटेर सुन बेच्दा के कारर्वाही हुदैन ? अनुगमण निकाय कता कानमा तेल हालिरहेको छन् कि कमिसनमा व्यस्त ? नेपाल सरकार अनि सम्बन्धित निकायले जर्बजस्ती कालोबजारी गर्नेलाई कस्तो कारर्वाही गर्ने यो सम्बन्धित निकायले नबुझे नहेरे कसले हेर्ने ???? के सर्वसाधरण जस्लाई सुनको मुल्य नै राम्रोसगँ थाहा छैन झन कत्ति ठग्दैछन होला यस्को तत्काल अनुगमन हुनु जरुरी छ ।

एक दुई सय घट्दा सुन छैन भन्ने अनि अलि बढ्दो १५०० देखि २००० सम्म बढाएर बेच्ने ती तस्करी पसलेहरु के तिमीहरु नेपाली नभई मात्र खतरानक भाइरस हो जुन यस्तो संकटको बेला झनै धेरै फाइदा गर्न खोज्नु, ठग्नु भनेको कानुनलाई हातमा लिन  खोज्नु हो । संकटको बेला झनै लुट्न खोज्नु मानवता हैन दरिद्र मनस्थितिको चरम उपच हो, ती भ्रष्ट नेता अनि चरित्रहीन व्यक्ति भन्दा धेरै गुणा तल्लो तहमा गिर्नु हो । जसलाई नेपाली भन्ने अधिकार पनि हुदैन । तसर्थ सुन किन्ने सर्वसधारण देखि अनुगमन गर्ने निकायले यसबारे विचार पुर्याओस अनि ती सुन तस्करी माफिया नक्कली चोर पसलेहरु देखि सावधान सबैलाई चेतना भया.....

SHARE THIS POST :

Enjoy Yourself

 
Support : www.glamournepal.com | www.glamournepal.net | www.tvsansar.net
Copyright © 2011. Sajaa Khabar - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger