Latest Updates :

उत्तर कोरियाले बनायो ह्यांगओभर नहुने यस्तो रक्सी ... हेर्नुहोस्....

SHARE THIS POST :

कम्युनिष्ट मुलुक उत्तर कोरियाले हाइड्रोजन बम बनाएर अहिले दुनियालाई थर्कमान बनाइरहेको छ । हाइड्रोजन बमको खबरले विश्व अझ भनौँ अमेरिका लगायतका पश्चिमा मुलुकहरुलाई ह्यांग भैरहेको छ । आफ्नो बमका कारण दुनियालाई ह्यांग भएको बुझेर होला उत्तर कोरियाले ह्यांगओभर नहुने रक्सीको आविष्कार गरेको छ ।

यसअघि पनि क्यान्सर, एड्स तथा इबोलाको उपचारका लागि एक बनस्पतीको जराबाट चामत्कारिक औषधि पत्ता लगाएको दाबी गर्ने उत्तर कोरियाले अहिले फेरि अर्को अपत्यारिलो दाबी तेर्साएको छ, ह्यांगओभर नहुने रक्सी उत्पादन गरेको भनेर ।

उत्तर कोरियाको सरकारी समाचारपत्र प्योंगयांग टाइम्सका अनुसार ह्यांगओभर नहुने रक्सी पनि जिनसेंग वनस्पतीको जराबाट बनाइएको हो र यसलाई राष्ट्रिय वैज्ञानिक तथा प्राविधिक उपलब्धी भनिएको छ ।

यो रक्सीमा चिनीको साटो डढाइएको चामलको प्रयोग गरिएको छ । जसका कारण यो रक्सी तितो पनि हुँदैन र यो पिएपछि आँखा रातो हुने, लठ्ठ पर्ने र ह्यांगओभर हुने पनि हुँदैन ।

कोर्यो लिक्योर नाम दिइएको यो रक्सी टेडोंगांग फुडस्टफ फ्याक्ट्रीमा उत्पादन गरिएको हो । तर विज्ञहरुले पनि ह्यांगओभर नै नहुने रक्सी उत्पादन गरिएको दाबीप्रति आशंका व्यक्त गरेका छन् । उत्तर कोरियामा व्यवसाय विस्तारमा सहयोग गर्ने चोसोन एक्सचेन्जका निर्देशक एन्ड्रे अब्राहमिनका अनुसार उत्तर कोरिायमा उच्च गुणस्तरीय पेय पदार्थ उत्पादन हुने गरेका भएपनि ह्यांगओभर नहुने रक्सी विश्वमा कतै उत्पादन गर्न सकिन्छ भन्ने कुरा आफुलाई नलागेको बताए ।

SHARE THIS POST :

Enjoy Yourself

 
Support : www.glamournepal.com | www.glamournepal.net | www.tvsansar.net
Copyright © 2011. Sajaa Khabar - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger