Latest Updates :

डन्डीफोर हटाउन गुलाबजल.........भिडियो हेर्नको लागि तल क्लिक गर्नुहोस्.... .

SHARE THIS POST :

   अनुहारभरि डन्डीफोर आएर हैरान हुनुभएको छ भने आजैदेखि अनुहारमा गुलाबजल प्रयोग गर्न सुरु गर्नुस्। डन्डीफोर हटाउने अचूक उपायमध्येमा पर्ने गुलाबजललाई यी चिजसँग मिसाएर प्रयोग गर्नुस्ः


कागती
कागतीमा अम्लीय गुण हुन्छ। गुलाबजलले भने छालालाई शीतल राख्छ। यी दुईलाई एकसाथ मिलाएर लगाउने हो भने यसले डन्डीफोर फैलिनबाट रोक्छ र डन्डीफोरका कारण उत्पन्न दागलाई मेटाउँदै लैजान्छ। यसका लागि कागतीको रसको दोब्बर मात्रामा गुलाबजल प्रयोग गर्नुपर्छ।

सुन्तलाको बोक्रा
सुन्तलाको बोक्रालाई घाममा सुकाएर पाउडर बनाउने र यसमा गुलाबजल मिसाएर लगाउने गरेमा डन्डीफोर हराउँछ। यसका लागि सुन्तलाको बोक्राको पाउडरमा गुलाबजल हाली पेस्ट बनाएर अनुहारमा दलेर केही बेरपछि मनतातो पानीले धुने गर्नुपर्छ।

चन्दन पाउडर
चन्दन पाउडरमा एन्टी–ब्याक्टेरियल गुण हुन्छ, जसकारण यसमा गुलाबजल मिसाएर पेस्ट बनाई अनुहारमा लगाउने र केही बेरपछि धुने गर्नाले डन्डीफोर आउँदैन र भएको डन्डीफोर पनि हराउँदै जान्छ।

मुलतानी मिट्टी
मुलतानी मिट्टीमा गुलाबजल हालेर पेस्ट बनाई अनुहारमा दल्ने र केही बेरपछि पखाल्ने गर्नाले डन्डीफोरमात्र नभई अनुहारका दाग पनि हट्छन्।

अदुवा
अदुवा पिसेर यसमा गुलाबजल हाली अनुहारमा दल्ने गर्नुपर्छ। यसो गर्दा नयाँ डन्डीफोर आउने क्रम रोकिन्छ।



SHARE THIS POST :

Enjoy Yourself

 
Support : www.glamournepal.com | www.glamournepal.net | www.tvsansar.net
Copyright © 2011. Sajaa Khabar - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger