Latest Updates :

करणले शाहरुखकी छोरी लिएर कहाँ हिँडे ?

SHARE THIS POST :

ताजाखबर। बलीउडस्टार शाहरुख खानकी छोरी सुहाना खान निर्माता करण जौहरसँगै मुम्बई विमानस्थलमा भेटिएपछि भारतीय मिडियाहरुले उनले चलचित्र खेल्न लागेको अनुमान लगाएका छन् । शाहरुख वा उनको परिवारका कुनै पनि सदस्य मुम्बई एयरपोर्टमा थिएनन् । तर बलिउडका अन्य हस्ती भने यहाँ सुटिंगका लागि मुम्बई विमानस्थलमा उपस्थित थिए । त्यसैले कतै सुहानाले पनि चलचित्र खेल्न लागेकी त होइनन् भन्ने आशंका भारतीय सञ्चारमाध्यमले गरेका छन् । करन र सुहाना बाहेक अदनान शामी, उनकी श्रीमती रोया फर्याबी, शिल्पा सेट्ठी, उनका पति राज कुन्द्रा, कृति सेनन, हुमा कुरैशी, कायनात अरोड, अनिल कपूर र ज्याकी श्राफजस्ता हस्ति पनि विमानस्थलमा एकै समय भेटिएका थिए ।
SHARE THIS POST :

Enjoy Yourself

 
Support : www.glamournepal.com | www.glamournepal.net | www.tvsansar.net
Copyright © 2011. Sajaa Khabar - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger