Latest Updates :

फर्किएका कामदार सहजै पुन कोरिया जान पाउने.........भिडियो हेर्नको लागि तल क्लिक गर्नुहोस्....

SHARE THIS POST :




काठमाडौँ,  रोजगार अनुमति प्रणाली (इपीएस) अन्तर्गत दक्षिण कोरिया गई तोकिएकै अवधिभित्र फर्किएका कामदार पुनः सहजै कोरिया जान पाउने भए पनि समयावधि सकिएपछि त्यहाँ लुक्ने प्रवृत्ति भने घट्न सकेको छैन ।
इपीएस कोरिया शाखाले समयमै फर्किएका कामदारलाई प्रत्येक तीन महिनामा कम्प्युटरमा आधारित कोरियन भाषा विशेष परीक्षाका लागि आवेदन माग्ने गरेको छ । जसमार्फत भाषा परीक्षामा उर्तीण हुने प्राय सबै परीक्षार्थी पुनः कोरिया जान पाउने गर्छन् ।
eps-korea.jpg
त्यस्तै कामदारले पहिले काम गरेको कम्पनीले लैजान चाहेर सम्झौतापत्र पठाए परीक्षानै नदिएर पनि कामदार कोरिया जान पाउने व्यवस्था छ । परीक्षा दिएर दुई हजार भन्दा बढी र पुरानो कम्पनीले पठाएको सम्झौतापत्रको आधारमा नौ सय कामदार पुन रोजगारीका लागि कोरिया गइसकेको इपिएस कोरिया शाखा निर्देशक डिल्लीराम बास्तोलाले जानकारी दिनुभयो ।

नेपाल सरकार, श्रम तथा रोजगार मन्त्रालय र गणतन्त्र कोरिया सरकारबीच इपिएस प्रणालीमा समझदारी पत्रमा हस्ताक्षर भएपछि सन् २००८ देखि हालसम्म कोरिया जानेको सङ्ख्या ३४ हजार ४०० जना रहेको छ ।

अवधि सकिएर फर्किएका कामदार सहजै पुन कोरिया जान पाउने भए पनि अज्ञानताका कारण केही कामदार गैरकानुनी रुपमा कोरिया बस्ने गरेको इपिएस कोरिया शाखा निर्देशक बास्तोलाले बताउनुभयोे ।

सहजै पुनः कोरिया जाने बाटो छदाछदै अवधि सकिएपछि पनि लुक्ने प्रवृत्तिले एकतर्फ देशकै बेइजत हुने गरेको छ भने अर्को तर्फ कामदार स्वयम्लाई हानी गरिरहेको छ ।

त्यहाँ अवैध रुपमा लुक्ने कामदारले बिमा रकम नपाउने, श्रम शोषणमा पर्ने, जुनसुकै बेला प्रहरीले पक्राउ गर्ने, भविष्यमा कोरियामा प्रवेश नपाउने गरी फिर्ता पठाइने जस्ता समस्या झेल्नुपर्छ । अवैध कामदार बढ्दै गए भविष्यमा कोरियामा नेपाली कामदारको सहज पहुँचसमेत रोकिनसक्ने अवस्था छ ।

इपिएस मार्फत गएका कामदार अवधि सकिएपछि पनि करिब ६०० जना कोरियामा अवैध रुपमा बसिरहेका छन् । १४ देशबाट इपिएस मार्फत कामदार लिइरहेको कोरियाले गएका कामदारमध्ये पाँच प्रतिशत भन्दा बढी कामदार अवैध रुपमा बसे त्यसलाई नकारात्मक रुपमा लिँदै सम्बन्धित देशलाई सचेत गराउने गरेको छ ।

नेपालको सन्दर्भमा पनि पाँच प्रतिशत भन्दा बढी अवैध कामदार पुगेको बताइन्छ । तर इपिएस शाखा प्रमुख बास्तोलाले कोरियाले औँपचारिक रुपमा त्यसरी नेपाललाई सचेत नगराएको जानकारी दिनुभयो ।
उहाँले भूकम्पपछि अवधि सकिएपछि पनि स्वदेश नफर्कने कामदारको सङ्ख्या केही बढेको स्वीकार गर्दै अज्ञानताका कारण त्यसरी लुक्ने गरेको देखिएको बताउनुभयो ।

विशेषत परिवारका सदस्यले स्वदेश नफर्कन दिने सुझाव, भाषा परीक्षामा उर्तीण हुनसक्छु भन्ने कामदारमा आत्मविश्वसको कमी जस्ता कारणले कामदार त्यहाँ लुक्ने गरेको उहाँको भनाइ छ ।

नेपालीका लागि आकर्षक गन्तव्यको रुपमा रहेको कोरियाले अवैध नेपाली कामदारको सङ्ख्या बढ्दै गए भविष्यमा कामदार नै लिन छोड्नसक्ने भएकाले त्यहाँ गएका इमान्दारीपूर्वक समयमै फर्कन आवश्यक रहेकोमा उहाँले जोड दिनुभयो ।

बढी अवधि बस्ने कामदारलाई निरत्साहित गर्न शाखाले त्यसरी बस्ने कामदारको नामावली सार्वजनिक गर्नेदेखि उनीहरुको परिवारलाई सचेत गराउनेसम्मको कार्य गरिसकेको छ ।

कोरियाबाट फर्किएका नेपालीको सङ्स्था अङ्कुर नेपालका अध्यक्ष गम्भीर गुरुङ पुनः कोरिया जना पाउने उमेर ३० वर्षबाट बढाएर ४४ वर्ष पु¥याउन सकिए त्यहाँ लुक्ने प्रवृत्ति आधा घट्ने बताउनुहुन्छ ।

एक पटक आफू कोरिया गइसकेपछि अरु पनि जान पाउने बाटो नरोकियोस भन्नका लागि पनि कामदार समयमै स्वदेश फर्कन आवश्यक रहेको उहाँको भनाइ थियो ।

कोरियामा कार्यरत र फर्किएकाको सहभागितामा हाईड्रोपावरमा लगानीका लागि वातावरण बनाउनेदेखि कोरियाबाट फर्किएकालाई स्वदेशमै स्वरोजगार बनाउन आवश्यक सहुलियत ऋण दिनेसम्मको व्यवस्थाका लागि तयारी गरिरहेको शाखा प्रमुख बास्तालाले जानकारी दिनुभयो ।

इपिएस. अन्तर्गत कोरियामा रोजगारी प्राप्त गरेका र सन् २०१० जनवरी १ पश्चात प्रवेशाज्ञा अवधिभित्रै स्वेच्छिक रुपले नेपाल फर्केका कामदार, उमेर १८ वर्ष पूरा भई ३९ वर्ष ननाघेको, फौजदारी अभियोगमा अदालतबाट जेल सजाय नपाएको,कोरियामा गई गैरकानुनी रुपमा बसोवास नगरेको, नेपालबाट अन्य मुलुकमा जान रोक नलगाइएकाले मात्रै आवेदन दिन पाउने व्यवस्था रहेको छ ।

उत्पादनमूलक, कृषि, पशुपालन, निर्माण, मत्स्यपालन, सेवामूलक क्षेत्रमा उर्तीण भएका कामदार जान पाउनेछन् ।
SHARE THIS POST :

Enjoy Yourself

 
Support : www.glamournepal.com | www.glamournepal.net | www.tvsansar.net
Copyright © 2011. Sajaa Khabar - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger