Latest Updates :

मलेसियाले नेपाली कामदारलाई लगायो प्रतिबन्द, अबदेखि नेपाली कामदार मलेसीया जान नपाउने....

SHARE THIS POST :


काठमाडौँ, ८ फागुन । मलेसिया सरकरले आफ्नो मुलुकमा नयाँ विदेशी कामदारलाई रोजगारी दिन बन्द गर्ने घोषणा गरेको छ । मलेसियाका उपप्रधानमन्त्री एवं गृहमन्त्री अहमद जाहिद हमिदीले धेरै कामदार रहेका नेपाल र बंगलादेशसिहत सबै देशहरुबाट नयाँ कामदार लिन बन्द गरेको शुक्रबार घोषणा गरेका हुन् ।
मलेसियाकै सारवाक राज्यमा आयोजित एक कार्यक्रममा बोल्दै उपप्रधानमन्त्री हमिदीले सबै स्रोत मुलुकका कामदार लिन आजैबाट बन्द गर्ने निर्णय गरिएको बताएका मलेसियन इन्साइडर अनलाइनले जानकारी दिएको छ ।

‘हामीलाई चाहिने कामदारहरुको संख्याबारे अध्ययन गरेर एकिन संख्या टुंगो नलागुन्जेल हामी विदेशी कामदार लिँदैनौ’, हमिदी भने, ‘अब विदेशी कामदारको कहाँ कति आवश्यकता छ भन्ने एकिन गरेर मात्रै नयाँ विदेशी कामदार लिनेछौं ।’

हमिदीले ब‌ंगालादेशबाट लिन लागिएका १५ लाख कामदारको हकमा पनि यो व्यवस्था लागू हुने बताएका छन् । मलेसिया सरकारको यो घोषणाले बंगलादेशबाट मलेसियामा पठाउने प्रक्रियामा रहेका १५ लाख कामदार पनि जान नपाउने भएका छन् ।

मलेसियन सरकारी समाचार एजेन्सी बर्नामाका अनुसार नेपाली कामदार लिने प्रक्रियालाई निरुत्साहित गर्दै मलेसिया सरकारका श्रममन्त्रीले बिहीबार मात्रै बंगलादेशबाट १५ लाख कामदार लैजाने सम्झौतामा बिहीबारमात्रै हस्ताक्षर गरेको थिए ।
उपप्रधानमन्त्री हमिदीले यो घोषणाका क्रममा देशलाई चाहिने विदेशी कामदारको संख्या, विदेशी कामदार लिने प्रक्रिया र कामदारबाट लिइने करबारेमा पनि पुनर्नविचार गर्नका लागि यो निर्णय लिइएको उल्लेख गरेका छन् ।

उनले कार्यक्रमलाई सम्बोधन गर्दै देशभित्र रहेका अवैधानिक कामदारलाई वैधानिक बनाउनु चुनौतीपूर्ण रहेकाले सरकारको ध्यान त्यसैमा केन्द्रित रहेको बताएका छन् ।

उनले मलेसियाबाट अवैधानिक कामदारलाई वैधानिक बनाइसकेपछि मात्रै कामदार लिनेबारे सरकारले फेरि सोच्ने पनि प्रष्ट पारेका छन् ।

पुन:दर्ता कार्यक्रममा सहभागी नहुने अवैधानिक कामदारलाई पक्राउ गर्नका लागि देशभर व्यापकमात्रमा सुरक्षाकर्मी परिचाल गरिने घोषणा पनि उने गरेका छन् । पक्राउ परेका अवैधानिक कामदारलाई उनीहरुकै देशमा पठाइने हमिदीले स्पष्ट पारे ।

उपप्रधानमन्त्री हमिदीको यो घोषणासँगै बंगलादेशबाट मलेसिया जान लागेका १५ लाख कामदार सबैभन्दा प्रभावित भएका छन् । त्यसपछि नेपाल र इन्डोनेसियाबाट रोजगारीका लागि मलेसिया जाने तयारीमा रहेका कामदार पनि मारमा परेका छन् ।  अन्नपूर्णपोष्टले छापेको छ ।

नेपालबाट मलेसियामा ५ लाख बढी युवाहरु रोजगारीका लागि गएका छन् । नेपालको जस्तै वातावरण र मौसम भएकाले खाडी राष्ट्र भन्दा मलेसिया जाने नेपालीको संख्या धेरै थियो ।
SHARE THIS POST :

Enjoy Yourself

 
Support : www.glamournepal.com | www.glamournepal.net | www.tvsansar.net
Copyright © 2011. Sajaa Khabar - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger