अरुको एटिएम कार्डबाट पैसा चोरी गर्ने २३ वर्षीया युवती पक्राउ..... भिडियो हेर्नको लागि तल क्लिक गर्नुहोस...
काठमाडौँ, १३ फागुन, अरूको एटिएम कार्ड प्रयोग गरी पैसा चोरी गर्ने नुवाकोट चतुराले घर भई हाल काठमाडौँ, म्हेँपी बस्ने २३ वर्षीया सुनमाया तामाङलाई प्रहरीले पक्राउ गरेको छ । बानेश्वर चोकमा रहेको नबिल बैङ्कको एटिएम शाखामा सेक्युरिटी गार्डमा कार्यरत तामाङले अरूको एटिएम कार्ड प्रयोग गरी पटक–पटक गरेर ५४ हजार रुपैयाँ निकाली चोरी गरेको सूचनाका आधारमा महानगरीय प्रहरी वृत्त बानेश्वरबाट खटिएको प्रहरी टोलीले बुधबार पक्राउ गरेको हो ।
यसैगरी प्रहरीले लुटपाट गर्ने न्युरोड घर भएका ३६ वर्षीय उज्ज्वल तुलाधर र धोबिचौर घर भएका २८ वर्षीय मुखिया गुरुङलाई पक्राउ गरेको छ । बा ३० प १३२१ नम्बरको मोटरसाइकलमा आएका उनीहरुले बुधबार राति काठमाडौँ ढल्कुचोकमा कालीमाटी बस्ने रामेछाप तिनुखरी घर भएका राजु प्रकाश श्रेष्ठको सुनको औँठी खोसी कुटपिट गरेर भागेका थिए ।
ढल्कुपुलमा चेकजाँचमा खटिएको प्रहरी टोलीलाई देख्नासाथ भागेका उनीहरुलाई प्रहरीले लुटपाट गरेको औँठीसहित पक्राउ गरेको हो । दुबै घटनाको सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।
भिडियो हेर्नको लागि तल क्लिक गर्नुहोस...
लेबल:
News