Latest Updates :

विरेन्द्र मार्ने दिपेन्द्र नै हुन् भने उनैलाई किन राजा बनाइयो ?

SHARE THIS POST :

काठमाडाैं । कलाकार निर शाहका दाजु खड्गविक्रम शाह राजा विरेन्द्रका भिनाजु हुन् । उनै खड्गविक्रम पनि २०५८ सालको हत्याकाण्डामा मारिए । तर, निर शाह दरबार र त्यहाँ भएका हत्याकाण्डलाई स्वभाविक मान्दैनन् । उनले दरबारलाई सामान्य विषय जटिल बनाइदिने र षडयन्त्रको मूल थलोको रुपमा बुझेका छन् । उनै शाहकसँगअन्नपूर्ण पोष्टका लागि पत्रकार नरेश ज्ञवालीले गरेको कुराकानी यस्तो छ :



दाजुको हत्या र मैले देखेको दरबार
केशव भट्टराईको सिनेमाले ५१ औं दिन पार गरेको खुसीयालीमा आयोजित समारोहमा म चलचित्र विकास कम्पनीमा थिएँ। रात छिप्पिँदै थियो, हामी रमाइलो गरिरहेका थियौं। अचानक राति ९स् ३० बजे मलाई एउटा फोन आयो(वीरेन्द्र सैनिक अस्पतालबाट।

फोन गर्नेले सबै कुरा स्पष्ट पार्न नपाउँदै म नराम्ररी झस्किएँ। त्यो राजदरबार हत्याकाण्ड भएको रात थियो। मेरा दाजु खड्गविक्रम शाह र भाउजु शारदाको पनि दरबारमा हत्या भएको थियो। म त्यहाँबाट तुरुन्त अस्पताल पुगेँ, तर मलाई त्यसको गुह्य कुरा खुट्याउन निकै समय लाग्यो।

मलाईसमेत त्यस घटनाबारे जानकारी दिइएको थिएन। सबै घटना लुकाइएको थियो । मेरा दाजु राजा वीरेन्द्रका भिनाजु हुनुहुन्थ्यो, त्यसैले उक्त रात आयोजना गरिएको पार्टीमा उहाँ पनि सहभागी हुनुहुन्थ्यो । जेठ १९, राति ९ः१५ बजे १

मेरा दाजु खड्कविक्रम शाह हाम्रो अभिवाक हुनुहुन्थ्यो । पिताजीको देहान्तपछि उहाँले नै हाम्रो परिवारको नेतृत्व सम्हाल्नुभएको थियो । मेरा हरेक क्रियाकलाप उहाँले नजिकदेखि नियाल्दै आउनुभएको थियो । नेपालको इतिहासमै भएको ठुलो हत्याकाण्डमा मेरा दाजु र भाउजुको पनि हत्या भएको थियो । राजदरबार हत्याकाण्डले चर्चित त्यो रात मेरा लागि जीवनकै भयावह रात हो । तर, ममाथि त अर्को बिहान पनि व्रजपात हुन बाँकी नै थियो । त्यो घटना सुनेर आमाको पनि देहान्त भयो । जेठ २०, दिउसो ३:३० बजे

मलाई आश्चर्य लाग्छ, दाजु(भाउजुको पोस्टमार्टम नै गरिएन, किन रु हत्या भएको जान्दाजान्दै पनि उहाँहरूको पोस्टमार्टम नगरिनुको खास कारण के थियो रु जबकि दाइ(भाउजुभन्दा पनि विशिष्ट व्यक्तिहरू मारिएका थिए। दाजु(भाउजुको मृत्युले थोरै पनि महत्व पाउन सकेन । हाम्रा लागि त्यो अकल्पनीय कुरा थियो।

त्यो समय अर्को पनि अनौठो घटना भयो । जसले हत्या गरेको हो भनियो, उसैलाई राजा घोषणा गरियो किन यदि हत्याकाण्ड मच्चाउने दीपेन्द्र नै हुन् भने राजालाई मार्ने मानिस राजा हुन पाउँछ  त्यस अकल्पनीय समयलाई अभिव्यक्त गर्ने शब्द मसँग छैन । यसबारे धेरै कुरा गर्न मन पनि लाग्दैन । तर, मानिसहरू यसैलाई कोट्याइरहन चाहन्छन्।।।।

दरबार मेरो नजरमा असामान्य स्थितिको सिर्जना गर्ने एउटा मुल थलो थियो । सामान्य रूपमा अगाडि बढ्न सक्ने कुरालाई जटिल बनाइदिने दरबारको विशेषता र कमजोरी, दुवै हो। दरबारले नेपाली जनतालाई दिन सक्ने धेरै कुरा हुन सक्थे । दरबारले नेपाली जनता र राष्ट्रका पक्षमा जे गर्न सक्थ्यो, त्यो कहिल्यै गर्न सकेन। आफ्नो अन्त्य नहुन्जेलसम्म पनि।

दरबारको अर्को ठुलो कमजोरी थियो। दरबार जहिले पनि संरक्षण दिन नहुने मानिसलाई संरक्षण दिन्थ्यो। राजा वीरेन्द्र विकासको पक्षमा हुनुहुन्थ्यो । त्यो उहाँको कार्यकालको सकारात्मक पक्ष हो। सही बाटोबाट उनी अगाडि बढ्न पाएको भए मुलुकले सकारात्मक मोड लिने थियो । तर, मुलुक र उनी सकारात्मक ढंगले अगाडि नबढुन् भनेर सक्रिय हुनेहरू पनि मैले दरबारमा देखेको छु।

जनतासँग प्रत्यक्ष सम्बन्ध नहुनु दरबारको ठुलो दुर्भाग्य हो। पछि राजाका रूपमा ज्ञानेन्द्र उदाए, उहाँबाट त्रुटि नै त्रुटि भए। एउटा गल्तीलाई छोप्न धेरै गल्ती उनले दोहोर्‍याए। समयले नै मुल्यांकन गरिसकेको मानिसबारे मैले के मुल्यांकन गर्नुरु तर, किङ वीरेन्द्र वाज अ भेरी गुड हार्टेड म्यान। त्यसमा कुनै शंका छैन। म उहाँलाई असल हृदय भएको मानिसका रूपमा सधैं सम्झिरहन्छु । तर, राजनीतिज्ञको रूपमा भने उहाँ असफल मान्छे हो ।
SHARE THIS POST :

Enjoy Yourself

 
Support : www.glamournepal.com | www.glamournepal.net | www.tvsansar.net
Copyright © 2011. Sajaa Khabar - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger