धुम्रपान चाहेर पनि छोड्न सक्नुभएको छैन ? यो उपाय अपनाउनुहोस् तुरुन्तै छोड्न सक्नुहुनेछ
तपाई धुम्रपानको नशा लिइरहने व्यक्ति हो र छोड्न चाहेर पनि सक्नुभएको छैन भने तपाईका लागी शुभ खबर छ । हालै अमेरिकाको पेंसिल्वेनिया यूनिवर्सिटीमा गरिएको एक अनुसन्धानले धुम्रपान गर्ने व्यक्तिलाई तत्कालै छुटाउने सक्ने उपाय सुझाउँदै प्रतिवेदन सावजनिक गरेको छ ।
उक्त शोधमा संलग्न एक सदस्यले भनेका छन् अल्जाइमर रोगलाइ निको बनाउने औषधीले धूम्रपानको लतलाई स्थायी रुपमा छोडाउनका लागी सहयोग गर्छ । यद्यपी अध्ययनले धुम्रपान छोडाउने सुरक्षित ओषधी प्रयोग गरेपनि ७५ प्रतिशत मानिसले ६ महिना भित्रै फेरी धुम्रपान सेबन गरेको देखाएको छ ।
मुसा र मानिसमा गरिएको सो अध्ययनमा निकोटीनको प्रयोग गरेर एसिटाइलकोलिनेस्टरेज ९एसीएचईआईएस० अवरोधकों ‘गैलेनटामीन र डोनेपेजिल’ को असरको मूल्याकंन गरिएको थियो । अनुसन्धानमा मानिसहरुका लागी १८ वर्षदेखि ६० वर्षका ३३ मानिहरुमा चिकित्सकीय परीक्षण गरिएको थियो । यो शोध पत्रिका “ट्रांसलेशनल साइकियाट्री” मा प्रकाशित भएको हो ।
लेबल:
Health