मुख गनाउँछ ? यसाे गर्नुस.......भिडियो हेर्न तल क्लिक गर्नुहोस...
कतिपय मानिसहरु मुख गनाएर तपाई हैरान हुन्छन् । मुख गनाउनाले बिशिष्ट ब्यक्ति पनि अालोचनाको पात्र बन्ने गरेकाे पाईन्छ ।
मुख गन्हाउने कारणहरु धेरै हुन सक्छ । धुम्रपान तथा सुर्ती सेवन गर्नेहरुको पनि मुख गन्हाउँछ । दाँत किराले खाएको छ भने पनि मुख गन्हाउँछ । मुखमा घाउ भएका ब्यक्तिको सास गन्हाउनु स्वभाविकै हो । मुखको घाउलाई बेवास्ता गर्नुहुँदैन । समयमै चिकित्सकको सल्लाह लिइएनभने भयानक रोग क्यान्सरै पनि हुनसक्छ।
मुख गनाउने समस्याबाट मुक्त हुन यी बिधीहरु तपाईँलाई उपयुक्त हुन सक्छ ।
१. कागती मिलाएको पानीले कुल्ला गर्नाले मुखमा सुगन्ध फैसलन्छ ।
२. सुकुमेलयुक्त मनतातो पानीले कुल्ला गर्ने, सुकमेल मुखमा राखेर चुस्नाले मुखको नराम्रो गन्ध हट्दछ ।
३. एक कप पानीमा एकएक चम्चा सुप र अलैंची राखी उमाल्ने र पिउने गर्नाले वा अलैंची र सुपलाई मुखमा राखी चुसिरहनाले मुख गन्हाउाँदैन ।
४. पुदिनाको कमलो पात छायाँमा सुकाई पिँधेर बनाइएको पाउडरमा थोरै नुन मिलाएर दिनमा तीनचोटी कुल्ला गर्नाले मुख गन्हाउँदैन ।
५. एक चम्चा दाल चिनीलाई मसिनो टुक्रा पारि पानीमा भिजाएर उमाल्ने र उक्त पानीले बारम्बार कुल्ला गर्नुको साथै मुखमा दालचिनी र सुपलाई राखेर चुसिरहनाले मुखको दुगन्ध हट्दछ ।
लेबल:
Health