Latest Updates :

रुपन्देहीमा आमासँग अनैतिक सम्बन्ध राखेपछि…...भिडियो हेर्न तल क्लिक गर्नुहोस.....

SHARE THIS POST :

बुटवल, २६ फागुन । रुपन्देहीको सैनामैना नगरपालिका १३ स्थित दानव नदीमा पानीमा डुबी राखेको अवस्थामा फेला परेको शव हत्या भएको पुष्टि भएको छ ।

फागुन २५ गते विहान ९ बजेको समयमा नदिमा डुबी राखेका अवस्थामा शव फेला परेको थियो । घटनाबारे थाहा पाए लगत्तै अनुसन्धानमा खटिएको प्रहरीले नदीमा भेटिएका रामप्रसाद चौधरीको हत्या भएको प्रमाणसहित हत्या गर्ने अपराधिलाई समेत पक्राउ गर्न सफल भएको छ ।

प्रहरीले हत्यामा संलग्न दुई जनालाई पक्राउ गरी थप अनुसन्धान थालेको बताएको छ । हत्या गर्नेहरुमा सैनामैना नगरपालिका १ बस्ने २५ बर्षिय दिनेश कुँवर र बुटवल उपमहानगरपालिका वडा नं. १८ मा बस्ने २४ बर्षिय हरिनारायण चौधरी रहेका छन् ।

ईलाका प्रहरी कार्यालय बुटवलका डिएसपी महेन्द्र खड्काले घटनाको प्रकृति हेर्दा हत्या भएको आशंका लागेपछि अनुसन्धानका क्रममा कुँवरले हत्या गरेको र हत्यामा हरिनारायण चौधरीले सहयोग गरेको भेटिएको बताए । हत्यारा कुँवर र चौधरी ज्वाई जेठान हुन ।

दिनेश कुँवरले २४ गते साँझ आमालाई मृतक रामप्रसाद चौधरीसँग अनैतिक क्रियाकलाप गरिरहेको देखेपछि कुँवरले चौधरीलाई दाउराले टाउको प्रहार गरी हत्या गरेको अनुसन्धानबाट खुलेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रमुख बुद्धिराज गुरुङले जानकारी दिए ।
SHARE THIS POST :

Enjoy Yourself

 
Support : www.glamournepal.com | www.glamournepal.net | www.tvsansar.net
Copyright © 2011. Sajaa Khabar - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger