एकैसाथ मारिएपछि संसारलाई रूवाउने यी आमाछोरा काे हुन ?.....भिडियो हेर्न तल क्लिक गर्नुहोस...
एजेन्सी/ लिवियामा केही वषदेखि यता निरन्तर हिंसात्मक विद्रोह जारी छ । सो हिंसामा परेर हज्जारौले ज्यान गुमाएका छन् भने लाखौ जनता प्रभावित भैरहेका छन् । यही सिलसिलामा विद्रोही र सरकारी फौजबीच शुक्रबार भएको दुईपक्षबीचको मिसाइल हमलामा परेर एक भारतीय नर्स र उनको डेढ वर्षे बालकको मृत्यु भएको छ ।
लिवियाको अल जाविया शहरको एक अस्पतालमा कार्यरत स्टार्फ नर्स सुनु र उनका नाबालक छोरा प्रणवको मृत्यु भएको हो । आमाछोराको सो हमलामा मृत्यु भएपछि उनीहरुको सुन्दर तस्बीर अहिले संसारभर भाइरल भैरहेको छ । भारत, एसिया र विश्वलाई यसले स्तब्ध बनाएको छ । सुनु भारत केरला राज्यकी वासिन्दा हुन् । विगत केही समयदेखि लिवियाको अल जाविया शहरस्थित अल जाविया मेडिकल शिक्षण अस्पतालमा कार्यरत सुनुसँगै उनका पति विपिन पनि त्यही काम गर्थे ।
सानो र सुन्दर विपिनको सो परिवारमा एकैचाटी बज्रपात परेको छ । नाबालक छोरा र श्रीमती घटनामा परेपछि उनी एक्ला भएका छन् । शुक्रबार एक्कासि भएको मिसाइल भिडन्तको चपेटामा सो अस्पताल पर्दा नाबालक छोरा प्रणव र उनकी आमा सुनुलाई कसैले बचाउन सकेन । सोही अस्पतालमा कार्यरत नीति थमसले भनेकी छन्, ‘अस्पताल परिसरमा हमला हुँदा हामी ३२ जना कर्मचारी एकैठाउँमा थियौं, सोही क्रममा केही भागेर बाँचे त सुनु र प्रणव भने त्यसमा परे, यसले हामीलाई समेत रुवाएको छ ।
’ यो घटनाले सिंगो भारतलाई अहिले रुवाएको छ । घटनालगत्तै भारतको केरलाका मुख्यमन्त्री ओमन चण्डीले विदेशमन्त्री सुस्मा स्वराजसँग छलफल गरेका छन् र शव पहिचान गरी त्यसको व्यवस्थापनबारे छलफल भैरहेको बताएका छन् । यो घटनाका सम्बन्धमा विदेशमन्त्री स्वराजले ट्वीट गरेकी छन् र सो घटनाबारे पुष्टी समेत गरेकी छन् ।काठमाण्डु टुडेबाट