Latest Updates :

मेरो होल नाइट' !....भिडियो हेर्न तल क्लिक गर्नुहोस.....

SHARE THIS POST :

निराजन शिरीष'~ आषाढको एक शुक्रबारको साँझ बिश्वविद्यालयबाट घरतिर फर्कने क्रममा अलि ढिला भो । घरसम्म पुग्नलाई माइक्रो, अनि नगर बस सबैको आवातजावत बन्द भैसेकेको थियो । हिडेर एक घण्टाको पैदल यात्रा गर्ने दुस्साहस मैले गरिनँ । त्यसकारण, ट्याक्सीको पखाईमा त्यसै उभिरहेको थिएँ । आडैमा एउटी युवती आई । मतिर पुलुक्क हेर्दै मुसुक्क मुस्कुराई । मैले पनि मुस्कुराएरै उसको आगमनको स्वागत गरेँ ।सोधी – “दाई ट्याक्सी कुर्नुभएको ?”“हजुर ।” मैले जवाफ दिएँ ।“म पनि ट्याक्सी वेट गरिराखेको हेर्नु न अहिलेसम्म एउटा भेटेको छैन ।” युवतीले दुखेसो पोखी ।मैले प्रश्न गरेँ – “कहाँ जानुपर्ने ?”“धेरै टाढा त हैन, मुस्ताङचोकसम्म पुग्नुपर्ने थियो ।” जवाफमा उसले भनी ।उसको मुखबाट मुस्ताङचोक फुत्कदाँसाथ ममा
नजानिदो उत्साह बढेर आयो । भनेँ – “ए, हो र ? म पनि त मुस्ताङचोक नै जान लागेको नी !”“ला हो र ? उसो भए त मज्जा भो नी, हजुर अनि मेरो दुवैको फिप्टी प्रसेन्टेज पैसा सेभ हुने भो नी त । एक्लै जाँदा त ४०० लिन्छ । अब दुई सयमै पुगिने भईयो ।” उसले खुशी ब्यक्त गरी ।मैले पनि समर्थन जनाएँ – “हो त ।” अनि यो पनि जान्न चाहेँ कि ऊ के गर्छे ?संक्षेपमा भनी – “कलेज पढ्छु ।”“कतिमा पढ्नुहुन्छ ?” मेरो भद्र प्रश्न थियो ।उसकोे सरल जवाफ पाएँ – “बि.ए. सेकेन्ड यार ।”“केहि जबसब पनि गर्नुहुन्छ कि ?” भर्खर बिश्वविद्यालयको पढाई सक्काएर करार प्राध्यापक नियुक्त भएको मैले उसलाई सोधेँ ।धेरै खुल्न नचाहेर होला संक्षेपमै जवाफ फर्र्काई उसले – “खास्सै केहि गर्दिनँ !” र, यस्तो भन्दै गर्दा मुसुक्क मुस्कुराउन पनि बिर्सिने उसले ।“अनि मुस्ताङचोक चाँहि किन जान लाग्नुभएको ?” मैले सोधेँ ।जवाफमा भनिनँ – “मेरो डेरा नै उतै हो ।” अझ बढि जान्न मन लाग्यो त्यसकारण सोधिहालेँ – “कोको बस्नुहुन्छ डेरामा ?”“ममात्रै !” उसले जवाफ फर्काउदै भनी ।“साँच्ची काम चाँहि केहि गर्नुहुँदैन ?” फेरि जोड दिदै सोधेँ ।“अम् त्यस्तो खास केहि छैन । कलेज फि तिर्न, यहाँ बस्ने खर्च चलाउन र घरमा भएकी विधुवी आमा र दुई बैनीको पढाईखर्च सघाउनलाई  सानो काम चाँहि गर्छु ।” सरसर्ती उसले बताई ।“सानो काम ?” मैले आश्चर्यता प्रकट गरेँ । किनकी, मलाई अचम्म लाग्नुको कारण मलाई जान्नु थियो त्यो कस्तो सानो काम हो जसले यत्रा धेरै मान्छेको खर्च पु¥याउन सकोस् !“एम कर्लगर्ल !” निर्धक्कसाथ उसले भनी । अहँ ! ग्लानीबोधको सानो धर्सापनि उसको मुहारमा झल्किएको देखिनँ मैले । म अवाँक रहेँ ।धेरैबेर चुप लागेर बसेको देखेपछि उसले आफै सोधी – “विश्वास लागेन हजुरलाई ? अहिले पनि म यहाँ कसैले बोलाएर आएकी थिएँ तर यहाँ आईसकेपछि बोलाउने मान्छेले भन्यो उसकी श्रीमती अचानक माइतबाट फर्की रे भर्खर । त्यसैले डेरामा फर्किन लागेको अहिले ।”म फेरि पनि निशब्दः रहेँ । तालचोकबाट ट्याक्सी हुत्तिदै हामीनेर आयो । युवतीले आवाज दिईन – “ट्याक्सी..”“दाईको घर नै यता हो र ?” ट्याक्सीभित्र पस्नुभन्दा अगाडि केहिबेर अगाडिदेखि स्थगित वार्तालापलाई पुनः सुचारु गर्दै युवतीले यस्तो प्रश्न गरीँ । जबाफमा मैले भनेँ –“यता हैन । पोखराबाहिर हो ।”ट्याक्सीचालकले युवतीलाई हेर्दै सोध्यो – “कहाँसम्म ?”मैले जवाफ फर्काएँ – “मुस्ताङचोक !” असहजिलो तरिकाले उसको दृष्टि मतिर सोझियो ।ट्याक्सी गुड्दासाथ मलाई उसलेमात्र सुन्ने गरेर सानो आवाजमा धेरै कुराहरु सोध्न मन लाग्यो ।खासमा अघिदेखि मलाई खसखस लागेको उसको कामको विषयले निकैबेर घोत्लिन विवश बनाउँदै थियो । त्यहि खसखसका बीच मैले सोधेँ पनि –“यस्तो गरिरहेकोमा रिग्रेशन हुँदैन हजुरलाई ?” मेरो छुच्चो प्रश्नमा थोरै आवेशात्मक जवाफ दिदै भनी – “ह्वाट द फक रिग्रेशन इज ? अनि मैले किन रिग्रेट फिल गर्नुप¥यो ?” चालिस पार गरिसकेको जस्तो लाग्ने ट्याक्सी चालकले हामीतिर एकदम कुटनैतिक नजर लगायो । मलाई थोरै असहज महशुस भो ।“हजुरलाई हर्ट गरे हैं ? माफ गर्नु ल मलाई । एम सरी ल!” गल्तीगरेपछि म सधैं यस्तै विनित भावमा प्रस्तुत हुन्छु । धेरैले भन्ने गरेका पनि छन्, माफी माग्दै गर्दाको क्षण म निकै नै मायालाग्दो रुपमा प्रस्तुत हुन्छु । उसले पनि मेरो टिठलाग्दो भावलाई देखेरै नै माफ गरेको हुनुपर्छ, भनी – “हैन हैन इट्स ओके । हजुर मात्र हैन, धेरै भद्र मान्छेहरुलाई जब म मेरा सत्यताहरु लुकाउँदिन उनीहरुका प्रश्नहरु हजुरकै
जस्तै हुन्छन् – तिमीलाई रिग्रेशन फिल हुँदैन ?”केहिबेर सन्नाटा छायो । अनि मेरा आँखाहरू झ्यालबाहिर हुत्तिए । चालकले एफ. एम. बजायो, बाराही एफ.एम.मा गीत बजिरहेथ्यो – फेरि त्यो दिन सम्झन चाहन्नँ ..।उसले चालकलाई आग्रह गर्दै भनिनँ – “दाई, भोलुम अलि सानो पार्नु न !” ड्राइभरले त्यसै ग¥यो ।त्यसै मौकामा मैले उसलाई हेरेँ अनि उनी चुपचाप बसेकोमा असन्तुष्टि पनि पोखेँ – “हैन, किन यस्तो चुपचाप बस्नु भएको ? के भयो ?”केही नभएको जानकारी दिदै बोली – “हैन केहि भएको छैन ।”एकछिन पछि फेरि वार्ता सुचारू गर्दै उसले प्रश्न गरी – “हजुर म्यारिड हो ?”मैले निर्धक्क भनेँ – “नो, नो, स्टील ब्याचलर्स !”“गर्लफ्रेन्ड नि ?” ख्वै किन यस्तो प्रश्न गरी मैले बुझिनँ । तैपनि जवाफ दिएँ – “पहिले थिई, अहिले छैने !”“मेरो जस्तै ठ्याक्कै ! झन मेरो त अफेयर शुरु भएको तीन महिना मै ब्रेकअप भा’को नी ।”मैले जान्न चाहेँ – “अनि अहिले चाँहि?”लिपिष्टकले रात्तिएका ओठबाट बिन्दास जवाफ निस्क्यो – “सिंगल, टोटल्ली फ्रिडम । मस्त जिन्दगी !”मलाई मनमनै लाग्यो, केटी मज्जाकी नै हो । मान्छे पनि सारै नै सुन्दरी हो । चल्तीका मोडल र नायिकाहरुको भन्दा कुनै पनि कुरामा कम लागेन । मुहार धपक्कै बलेको छ । केश लामो छैन त के भो ? सर्लक्कको छ । आँखा पनि डोलमडोल कति राम्रा ? नाक पनि खास खोट लगाउने ठाउँ नै भेटिन् । मान्छे सिनित्त परेकी छे । तर कर्लगर्ल हो भन्ने सत्य दिमागमा आउँदा साथ झसंग भएँ ।मुस्ताङचोकमै आएपछि ट्याक्सी रोकियो । मैले दुवैको भागको पैसा दिन खोज्दै थिएँ, युवतीले रोकी । र, भनी – “नो, नो, फिप्टी फिप्टी !” युवतीको हातबाट दुईसय र मबाट पनि उत्तीकै पैसा समातेर ड्राइभरले ट्याक्सी अगाडि बढायो । ट्याक्सी गईसकेपछि युवतीले मतिर हेर्दै भनी – हतार छैन भने हिड्नुस, मेरो डेरामा । खाना खाएर निस्किनुहोला !मोबाइलमा हेरेँ, साढे नौ बज्दै थियो । केही नबोली उसको पछिपछि लागेँ ।
SHARE THIS POST :

Enjoy Yourself

 
Support : www.glamournepal.com | www.glamournepal.net | www.tvsansar.net
Copyright © 2011. Sajaa Khabar - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger