Latest Updates :

आफ्नो लाइफ पाटनरलाई यि कुरा कहिल्यै नभन्नुहोस, दिल टुटेपछि कहिल्यै नजोडिन सक्छ जानी राखौ

SHARE THIS POST :


सम्बन्ध यस्तो कुरा हो जुन एक पटक तोडीएपछि नजोडिन सक्छ । त्यसैले त भनिन्छ नि बन्दुकको गोली र मुखको बोली छुटेपछि कहिल्यै फर्किँदैन । यो सम्बन्ध काँचको शिसा जस्तो हो, जुन फुटेपछि कहिल्यै जोडीने छैन । त्यसैले पनि व्यबहार गर्दा र बोल्दा एकदम बिचार पुर्याउनुपर्छ । सम्बन्ध चिसिन कुनै आइतबार कुरी रहनुपर्दैन । बोलीबचन र व्यबहारका कारण पनि सम्बन्धमा जतिबेला पनि तुषारापात आउन सक्छ । त्यसैले सम्बन्धलाई मजबुत बनाइराख्न आफ्नो पार्टनरलाई यि कुरा भुलेर पनि नभन्नु उचित देखिन्छ ।
कहिल्यै सम्बन्ध तोड्ने कुरा नर्गनुहोस्

तपाईले आफ्नो पार्टनरसँग जति असहज परिस्थिती भएपनि सम्बन्ध तोड्ने कुरा भुलेर पनि गर्नुहुँदैन ।
कदमकदाचित तपाईको मनमा पार्टनरका विषयमा कुनै शंका उपशंका आएपनि केही समय मनमा नै राख्नुभयो भने समस्या आँफै समाधान भएर जानेछ । यदी तपाईलाई पार्टनरका विषयमा कुनै समस्या आए उसैसँग लामो समय बितउाँदै निकास निकाल्न सक्नुहुनेछ । तर झगडा हुने जस्तो परिस्थिीति आए कम बोल्ने र शानत हुने स्वभावको विकास गर्नुपर्छ ।

पार्टनरलाई कहिल्यै अपशब्‍द नबोल्नुहोस्

रिस कुनै पनि समसयाको समाधान होइन । यस्तो अवस्थामा पार्टनर मध्ये कसैले पनि दिर्घकालसम्म असर पर्ने कुरा भुलेर पनि गर्नुहुँदैन । रिस उठेका बेला चुप लाग्नुनै रिसको मुख्य औषधी हो । रिस उठेका बेला पार्टनरलाई अपशब्द बोल्नु सबैभन्दा घातक हुन्छ ।

घर परिवारसँग तुलना गरेर कहिल्यै नबोल्नुहोस्

श्रीमान् होस् वा श्रीमती । प्रेमीका होस् वा प्रेमी एकले अर्काका घरका परिवारसँग तुलना गरेर कहिल्यै नबोल्नुहोस् । किनकी यसले मजबुत बन्न लागेको सम्बन्धमा पनि दरार ल्याउन सक्छ । मानौँ युवतीकी आमालाई युवकले तुलना गरेर वा युवकका बुबालाई युवतीले तुलना गरेर नबोल्नु नै सम्बन्ध मजबुत बनाउने मुख्य आधार हुन् ।

कुरा काट्ने काम कहिल्यै नर्गनुहोस्

कसैका विषयमा पनि पछाडी कुरा काट्नै सम्बन्धमा अत्यन्तै घातक हुन्छ । कहिलेकाँही तनावका कारण पनि मन बुझाउन पनि कुरा काट्ने गरिन्छ । तर सम्बन्धमा रहेका जोडीले भुलेर पनि आफ्ना पति वा पत्निको कुरा बाहिर गएर नभनेको खण्डमा सम्बन्ध सुमधुर बन्न पुग्छ । एजेन्सीको सहयोगमा
SHARE THIS POST :

Enjoy Yourself

 
Support : www.glamournepal.com | www.glamournepal.net | www.tvsansar.net
Copyright © 2011. Sajaa Khabar - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger