एजेन्सी । दुनियाँमा यस्ता धेरै ठाउँ छन् जुन भेषभुषा र संस्कृतिका लागि चिनिन्छन् । तर बेलायतमा यस्तो गाउँ पनि छ जुन गाउँका मानिस भेष भुषा नभएर नग्नताका लागि चिनिन्छन् ।डेली मेलका अनुसार बेलायतको हर्टफोर्डशयरको ब्रिकेटवुडमा रहेको एक सुदुर गाउँमा सबै मानिस निर्वस्त्र बस्छन् ।
स्पीलप्लाट्ज नामको यो गाउँमा विगत ८५ वर्ष देखि मानिसहरु नाङ्गै बस्दै आएका छन् । यहाँ स्त्री वा पुरुष सबै निर्वस्त्र बस्छन् । यो गाउँको विषयमा अव एउटा वृत्त चित्र पनि तयार हुँदैछ । जसको नाम छ ‘द न्यूडिस्ट नेक्स्ट डोर’ यहाँको वास्तविकता सन् १९२९ मा शोधकर्ता इसुल्ट रिचर्डसनले बाहिर ल्याएका थिए ।
यहाँका मानिसहरुले आफूहरु प्रकृतिको सबै भन्दा नजिक रहेको दावी गर्छन् । यो गाउँमा विभिन्न ठाउँबाट विदा मनाउन पर्यटक समेत आउने गर्छन् । यहाँ गएका पर्यटकले मन लागे कपडा लगाउन सक्छन् भने मन नलागे फाल्न पनि सक्छन् ।
डेलिमेलकाे सहयाेगमा