एसएसपी खनालले पक्राउ गरे गुन्डा नाइके, राजधानीबाट ‘डन’हरूको भागाभाग......
काठमाडौं, २ असोज । महानगरीय अपराध महाशाखाले एक व्यवसायीलाई धम्क्याएको उजुरीका आधारमा गुण्डा नाइके हुँदै ठेकेदार बनेका उमेश लामालाई पक्राउ गरी अनुसन्धान थालेको छ । SSP-Khanal1क्रसर व्यवसायीसँग वालुवा र गिट्टी किनेर पैसा नदिइ उल्टै धम्क्याएपछि महाशाखाले लामालाई गत साता पक्राउ गरेको हो । उनी बिरुद्द तीन जनाले उजुरी दिएको महाशाखाले जनाएको छ । प्रहरीका धेरै हाकिमसँग उठवस रहेका लामालाई छुटाउन ठुलो दवाव आएपनि महाशाखाका प्रमुख एसएसपी सर्वेन्द्र खनालले आफुले गुण्डाराज नमान्ने र पीडितलाई न्याय दिने अडान लिएर लामामाथि अनुसन्धान गर्ने वताएपछि लामा प्रहरी हिरासतमा छन् ।
गुन्डा नाइके दीपक मनाङ्गेका सबैभन्दा नजिकका सहयोगी लामाले महागनरीय प्रहरी वृत्त दरबारमार्गको भवन बनाएका हुन । प्रहरी कै भवन बनाएर लामाले उच्च प्रहरी अधिकारीसँग दोस्ती बढाउँदै आएका छन् । तर महाशाखा प्रमुख एसएसपी सर्वेन्द्र खनालको अगाडि उनको केही लागेन । सरकारकै बजेटमा दरबारमार्ग वृत्तको भवन निर्माणको काम लामाले गरेका थिए । लामा दीपक मनाङ्गेका सबैभन्दा बिश्वाशिला सहयोगी हुन् । लामाले सुरुमा गणेश लामासँग मिलेर रक्तचन्दनको कारोवार गर्दा पनि अवैध सम्पत्ति कमाएका थिए । त्यस्तै जडिबुटी, क्रसरदेखि डिस्को त उनका पुरानै व्यवसाय हुन् । एसएसपी खनालले गुन्डा नाइके लामा पक्राउ गरेपछि आफूलाई कथित ‘डन’ ठान्ने गुन्डा नाइकेहरूको राजधानीबाट भागाभाग मच्चिएको छ । अहिले ती गुन्डा नाइकेहरू राजधानीमा बाहिर देखिन छाडेको प्रहरी स्रोतले जनाएको छ ।
.
लेबल:
News