Latest Updates :

गोरेटो अनि उस्तै छ गल्ली...अब सम्झनामामात्र

SHARE THIS POST :





   गोरेटो अनि उस्तै छ गल्ली...अब सम्झनामा मात्र
श्रद्धाञ्जलिका लागि नेपाल प्रज्ञा प्रतिष्ठानमा राखिएको गायक सुनिल बर्देवाको पार्थिव शरीर र माथि तस्बिर । तस्बिरः दिनेशविक्रम शाह
सुनिल बर्देवाको बिदाई

काठमाडौँः नेपाली जनजनले मन पराएको गीत ‘गोरेटो अनि उस्तै छ गल्ली...’ बोलको गीतका गायक सुनिल बर्देवाको पार्थिव शरीरमा श्रद्धाञ्जलि दिइएको छ। गायक, एरेन्जर तथा गिटारिस्ट बर्देवाको ४४ वर्षको उमेरमा मंगलबार साँझ निधन भएको हो ।

शिक्षण अस्पताल महाराजगञ्जमा उपचारको क्रममा बर्देवाको निधन हो । बर्देवाका फूपुका छोरा गायक प्रमोद निर्वाणका अनुसार उनी जण्डिसबाट पीडित थिए। राजधानीको धुम्बाराहीमा बस्दै आएका सुनिललाई स्वास्थ्यमा समस्या देखिएपछि अस्पताल भर्ना गरिएको थियो ।

बर्देवाको शव श्रद्धाञ्जलिका लागि नेपाल प्रज्ञा प्रतिष्ठानमा राखिएको छ । बर्देवाको बुधबार नै अन्त्यष्टी हुँदै छ । चार वटा एल्बम सार्वजनिक गरेका बर्देवाले नविन के भट्टराई राजु लामा, निमा रुम्बालगायत गायकका  गीतको एरेन्ज गरेका थिए ।
SHARE THIS POST :

Enjoy Yourself

 
Support : www.glamournepal.com | www.glamournepal.net | www.tvsansar.net
Copyright © 2011. Sajaa Khabar - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger