अब दुई पुरुषले नै बच्चा जन्माउन सक्छन् ! महिलाको आवश्यकता पर्दैन !...
\
एजेन्सी, १ असोज, वैज्ञानिकहरुको प्रारम्भिक अनुसन्धानबाट पुष्टि भएको छ की अब महिलाको अण्डाणु र पुरुषको शुक्राणुको समिश्रण बिना पनि बच्चा पैदा गर्न सकिन्छ । अहिलेसम्मको मान्यताअनुसार महिला र पुरुषको अण्डाणु र शुक्राणु बिना बच्चा पैदा हुन्छ भन्ने सोच्न पनि सकिएको थिएन । तर वैज्ञानिकहरुले यो पक्षमा ठूलो प्रगति हासिल गरेको दाबी गरेका छन् । प्ररम्भिक चरणमा मुसामा गरिएको परीक्षण सफल भएपछि उनीहरुले भविष्यमा पुरुष–पुरुषले पनि बच्चा पैदा गर्न सक्ने सम्भावना देखाएका हुन् ।
नेचर कम्युनिकेशन जर्नलमा छापिएको एक शोधको निष्कर्षले यस्तो सम्भावना देखाएको छ । शोधका अनुसार भविष्यमा बच्चा जन्माउनकै लागि महिलाको आवश्यकता नपर्न सक्छ । बेलायत स्थित बाथ युनिभर्सिटीका वैज्ञानिकहरुले पहिलो प्रयोग मुसामा गरेका थिए । उनीहरुले दुई स्वस्थ्य मुसाको शुक्राणु मात्रै संकलन गरी गरिएको परीक्षणले बच्चा पैदा भएकोले यो मानवमा पनि सम्भव हुने देखाएको हो । जर्नलमा छापिएको शोधका आधारमा बीबीसीले लेखेको छ, वैज्ञानिकहरुले रसायनको प्रयोग गरी एक 'नक्कली भ्रुण' बनाएका थिए ।
तस्विर २: वैज्ञानिकहरु यही प्रविधिको प्रयोग गरेर मुसाका स्वस्थ बच्चा जन्माउन सफल
यसरी तयार गरिएको नक्कली भ्रुणका धेरै गुण असली भ्रणकै स्वरुपका थिए । जस्तै कि यो छालाको कोशिका जस्तै विभाजित हुने र आफ्नो डिएनएको नियन्त्रण गर्न सक्ने थिए । ती शोधकर्ताहरुको विश्वास छ की, यदि नक्कली भ्रुणमा मुसाका शुक्राणु मिसाएर स्वस्थ बच्चा पैदा गर्न सकिन्छ भने मान्छेमा पनि अण्डाको प्रयोग नगरी शुक्रकिटबाट मात्रै अन्य नक्कली कोशिका निर्माण गरी बच्चा पैदा गर्न सकिन्छ ।
शोधकर्ता मध्येका एक डाक्टर टोनी पेरीले भने, 'यो पहिलो पटक सम्भव भएको हो की अण्डा विना अन्य चिज मिसाएरै शुक्राणुबाटै बच्चा पैदा भएको । यसले दुई सय सालअघिदेखिको सोचमा परिवर्तन ल्याएको छ ।' वैज्ञानिकहरुले प्राकृतिक नियमलाई पनि चुनौती दिएका छन् । यदि यो मानवमा पनि सम्भव भयो भने समलिङ्गी पुरुषहरुलाई ठूलो सहयोग पुग्ने छ । तर अर्को तर्फ प्राकृतिक नियमको विरुद्ध हुने यो प्रकृयाले सामाजिक संरचनालाई भने तहसनहस पार्ने वैज्ञानिकहरुको बुझाइ छ