नेपालीको घरमा छापा मार्न आएका भारतीय प्रहरी स्थानीयद्वारा पक्राउ....
कन्चनपुर,कञ्चनपुरको बेलौरीमा एक स्थानीयको घरमा हतियारसहित छापा मार्न आएका भारतीय प्रहरीमध्ये दुई जनालाई स्थानीयले पक्राउ गरी प्रहरीको जिम्मा लगाएका छन्।
बेलोरी नगरपालिका १४ का स्थानीय झुपबहादुर शाहीको घरमा खानतलासी गर्न भन्दै आएका १४ जना भारतीय प्रहरीको जत्था स्थानीयको प्रतिकारपछि भागेको छन् ।
भारतीय प्रहरीमध्ये १२ जना भागे पनि दुई जनालाई स्थानीयले पक्राउ गरी प्रहरीको जिम्मा लगाएका थिए । स्थानीय भोडा चौकीले ती भारतीय प्रहरीलाई कञ्चनपुर जिल्ला प्रहरी कार्यालय बुझाएको छ। -अन्नपूर्ण पोष्ट
लेबल:
News

