Latest Updates :

यी ७ कुरा विश्वसंग लुकाउँछ अमेरिका...

SHARE THIS POST :




विश्वकै ठूलो अर्थतन्त्र भएको देश अमेरिकाका केही यस्ता नियम, अर्थतन्त्रको, सिक्रेट सर्भिस का कुरा अमेरिका चाहदैन कि चर्चामा आवोस्।

अमेरिकाले सकेसम्म लुकाउन चाहने ७ कुरा:

आफ्नै नागरिक माथी रसायन छर्केको
पत्याउनै गाह्रो, तर अमेरिकी सरकारले आफ्नै नागरिक माथी वर्षौ सम्म सेन्ट लुइसमा रसायन छर्केको थियो। यसको उदेश्य थियो, मानिसमा रेडियोएक्टिभ पार्टिकलको असर कस्तो देखिन्छ। सन् १९५३ -१९५४ र १९६३ -१९६५ मा रसायन छर्किएका तस्बिर पत्रिकामै सार्वजनिक भएका थिए।

गोप्य सैन्य बेस नेभाडामा एलियन
वैज्ञानिक बायड बुशम्यानले वर्षौ पहिले अमेरिकाको गोप्य सैन्य सिविर नेभाडामा एलियन भएको फोटो सार्वजनिक गरेका थिए। यो इलाकाको एरिया ५१ मा संदिग्ध गतिविधि पनि पाइएको थियो। तर अमेरिका यसबारेमा केही बोल्न चाहेन।

अर्थतन्त्रमा चीनले दिदै छ माथ
अमेरिकाले चीनले अर्थतन्त्रमा माथ दिदैँछ भनी लुकाउदैँ आएकोछ। मानिसहरुमा आत्तिने भएकाले अमेरिका यो कुराको चर्चा गर्न चाहदैन। तर अन्तराष्ट्रिय मुद्राकोषले भने यो तथ्य मानिसकेको छ।

निर्दोष पनि मारिन्छन्
अमेरिकाले आतंक अन्त्य गर्ने नयाँ ड्रोन प्रविधि अपनाएको छ। विनाचालक उड्ने यी विमानको कारण निर्दोष पनि मर्ने गरेको बताइने गर्छ। अमेरिका चाहदैन कि यो चर्चा बाहिर आवोस्।

इराक माथीको आक्रमणको कारण
अमेरिकाले कहिल्यै पनि यो कुरा स्पष्ट बोलेको छैन कि उसले इराकमाथी आक्रमण किन गर्यो? तर चर्चा चाँहि तत्कालिन राष्ट्रपति जर्ज डब्लु बुसले त्यहाँ तेलको कुवा नियन्त्रण गर्न र सद्धाम हुसेनसंग पुरानो दुश्मनीको कारण आक्रमण गरेको हुने गर्छ।

दोस्रो देशको जासुस
अमेरिका अन्य देशको जासुसी गर्ने गर्छ। यो कुराको खुलासा विकिलिक्समा भइसकेको छ। तर विश्वसको सामु अमेरिकाले यो स्वीकार्दैन।

इन्टरनेट र एसएमएसमा निगरानी
अमेरिका आफ्ना नागरिकको इन्टरनेट गतिविधि र एसएमएस माथी निगरानी गर्छ। नागरिकलाई पनि यो कुरामाथी शंका छ। तर अमेरिकी सरकार यो कुरा स्विकार गर्न चाहदैन।

.

SHARE THIS POST :

Enjoy Yourself

 
Support : www.glamournepal.com | www.glamournepal.net | www.tvsansar.net
Copyright © 2011. Sajaa Khabar - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger