.
काठमाडौं, ३० भदौ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विहीबारदेखि भारत भ्रमण सुरु गरेका छन् । प्रधानमन्त्रीको भारत भ्रमणकाबारे अहिले आम चाँसोको विषय बनेको छ ।
यसैक्रममा भारतीय संचारमाध्यमले प्रचण्डको भ्रमणबाट भारतले लिने फाइदाबारे खुलासा गरेका छन् । भारतीय संस्थापन पक्षनिकट मानिने पत्रिका नवभारत टाइम्सले भारतले चीनलाई ‘साइज’ मा ल्याउन नेपालसँगको सम्बन्धलाई अहिले रणनीतिक रुपमा महत्व दिएको छ ।
प्रचण्डको भ्रमण भइरहेका बेला नवभारत टाइम्सले ‘नेपाललाई लोभ्याएर चीनलाई इन्काउन्टर गर्नेछ भारत’ शीर्षकको समाचार लेखेको छ । जसले भारतको उद्देश्यलाई धेरैहदसम्म उजागर गरेको छ ।
समाचारमा भनिएको छ- भारत अब प्रचण्ड सरकारसँग मिलेर दोस्ती बढाउन चाहन्छ । त्यो दोस्तीले चीनलाई इन्काउन्टर गर्नेछ ।
यसैगरी बिहीबारको दैनिक जागरण पत्रिकाले ‘संविधान मुद्दामा प्रचण्डबाट चाँडो फैसलाको अपेक्षा’ शीर्षकमा समाचार प्रकाशित गर्दै नेपालको संविधानबारे भारतको दृष्टिकोण प्रधानमन्त्री दाहालको भ्रमणका क्रममा अवगत गराइने जनाएको छ ।
सो पत्रिकाले लेखेको छ, ‘नेपालका प्रधानमन्त्री पुष्पकमल दाहालले आफ्नो भारत भ्रमणका क्रममा संविधान संशोधनको तयारीसँग कुनै सम्बन्ध नभएको बताइरहे पनि संविधान संशोधनमा उनलाई आफ्नो विचार राख्न भारतले रत्तिभर हिच्किचाहट राख्ने छैन ।’दैनिक नेपाल
यस्तो छ नवभारत टाइम्सको समाचार:


