Latest Updates :

कवाडीमा किनेको कुर्सीले रातारात बनायो लखपति....

SHARE THIS POST :





हिन्दीमा एउटा उखान छः उपरवाला जब भी देता हे, छप्पड फाँडकर देता हे । जब मानिसको भाग्य बदलिनु छ भने त्यो रातारात बदलिन सक्दछ । यदि आफ्नो भाग्य पनि क्षणभरमै बदलियो भने तपाइँ कत्तिको खुसी हुनुहोला ? स्कटल्याण्डमा एक दम्पत्तिको भाग्य पनि क्षणभरमै बदलिएको छ ।

कुर्सी खरीद गर्ने त्यो दम्पत्तिलाई के थाहा थियो की त्यहीँ कुर्सीले उनीहरुको भाग्य बदल्नेवाला छ । उक्त दम्पत्तिले करीब १० वर्ष पहिले उक्त कुर्सी ५ पाउण्ड अर्थात् झण्डै सात सय रुपैयाँमा किनेका थिए, कवाडीमा । टुटेफुटेको कुर्सी मर्मतका लागि रकम नभएपछि उनीहरुले त्यसलाई स्टोर रुममा राखिदिए ।

कुर्सी किनेको ६ वर्षपछि जब उनीहरुले कुर्सीको मर्मत गर्न थाले तब उनीहरु अचम्मित भए । कुर्सी मर्मत गर्ने बेलामा यो पत्ता लाग्यो की कुर्सीमा हिराका गहना लुकाइएको रहेछ । ५० वर्षका एंंगस ब्राउनले ४७ वर्षकी पत्नी एन्जिलालाई कुर्सीमा बहुमुल्य गहना भेटिएको बताए र त्यहाँ भेटिएको हिराको औठी श्रीमतीलाई उपहार दिए । त्यस्तै हिराका रिंग लगायतका गहना पनि एन्जिलाले प्राप्त गरिन् । त्यो पूरानो कुर्सीमा बाहिर लगाइएको पत्रभित्रको भागमा झण्डै ५ हजार पाउण्ड बराबरका हिराका गहना भेटिए ।

उक्त कुर्सीलाई मर्मत गरेर चिटिक्क पारिएको छ भने गहना पाएर एन्जिला मख्ख छिन् ।अनलाइनखबर
SHARE THIS POST :

Enjoy Yourself

 
Support : www.glamournepal.com | www.glamournepal.net | www.tvsansar.net
Copyright © 2011. Sajaa Khabar - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger