Latest Updates :

श्रीदेवीको जस्तै ज्यान लिने ‘साइलेन्ट हर्ट एट्याक’ले पहिले नै दिन्छ यी ५ संकेत, कारण र बाच्ने उपायहरु...

SHARE THIS POST :

काठमाडौं। बलिउड अभिनेत्री श्रीदेवीको ‘हर्ट एट्याक’का कारण निधन भएको छ । दुबइमा ‘कार्डियक अरेस्ट’ का कारण ५४ वर्षको उमेरमा उनको ज्यान गएको हो । हर्ट एट्याकका घटनामध्ये लगभग ४५ प्रतिशत ‘साइलेन्ट हर्ट एट्याक’ हुन्छन् ।

विशेषज्ञका अनुसार कुनै मुटुसम्बन्धी रोग नभएकाहरुलाई पनि साइलेन्ट हर्ट एट्याकको खतरा हुन्छ । यसलाई साइलेन्ट मायोकार्डियल इन्फ्रेक्सन पनि भनिन्छ । यो समस्यामा कुनै पनि व्यक्तिलाई हृदयाघातअघि छातीमा पीडा हुँदैन जसका कारण हर्ट एट्याकको बारेमा थाहै हुँदैन । यो समस्यामा मस्तिष्कसम्म पीडा महसुस गराउने स्नायुमा समस्या हुने हुँदा व्यक्तिले पीडा महसुस गर्दैन ।



साइलेन्ट हर्ट एट्याकका ५ लक्षण

१. ग्याष्ट्रिकको समस्या र पेटको खराबी

२. बिना कारण सुस्ती र कमजोरी

३. थोरै मेहनतमा थकाइ लाग्नु

४. अचानक चिसो पसीना आउनु

५. पटक पटक सास बढेर स्याँस्याँ हुनु

साइलेन्ट हर्ट एट्याकका ५ कारण

१. धेरै तैलीय चिल्लो र प्रशोधित खाना

२. शारीरिक परिश्रम नगर्नु

३. मदिरा सेवन र धुम्रपान

४. मधुमेह र मोटोपन

५. स्ट्रेस र तनाव

साइलेन्ट हर्ट एट्याकबाट बच्ने ५ उपाय

१. खानामा सलाद, सागसब्जी धेरै समावेश गर्नुहोस् ।

२. नियमित व्यायाम, हिँडडुल र योगासन गर्नुहोस् ।

३. धुम्रपान मदिरापानबाट टाढै रहनुहोस् ।

४. खुसी रहनुहोस्, स्ट्रेस र तनावबाट बच्नुहोस् ।

५. नियमित स्वास्थ्य जाँच गराउनुहोस् ।
SHARE THIS POST :

Enjoy Yourself

 
Support : www.glamournepal.com | www.glamournepal.net | www.tvsansar.net
Copyright © 2011. Sajaa Khabar - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger