Latest Updates :

कान्तिपुरलाई ७२ घण्टाभित्र अदालतमा उपस्थित हुन सर्वोच्चको आदेश....

SHARE THIS POST :
 
काठमाडौँ, १४ फागुन : सर्वोच्च अदालतले प्रधानन्यायाधीश गोपाल पराजुलीको एकल इजलासमा कान्तिपुर मिडिया ग्रुपलाई ७२ घण्टाभित्र बयानका लागि उपस्थित हुन आदेश दिएको छ ।



अवहेलना मुद्दामा पराजुलीको एकल इजलासले ग्रुपका अध्यक्ष कैलाश सिरोहिया, निर्देशक स्वस्तिक सिरोहिया, कान्तिपुर दैनिकका प्रधानसम्पादक सुधीर शर्मा र पत्रकार कृष्ण ज्ञवालीलाई बयानका लागि स्वयम् उपस्थित हुन आइतबार आदेश दिएको हो ।

प्रधानन्यायाधीश पराजुलीको जन्ममितिबारे समाचारलाई लिएर अधिवक्ता तोयनाथ ढुङगानाले कान्तिपुरविरुद्ध केही समय अगाडि अवहेलना मुद्दा दर्ता गराएका हुन् । कान्तिपुरले आचारसंहिता पालना गरे नगरेको छानविन गर्न प्रेसकाउन्सिलका नाममा समेत अन्तरिम आदेश जारी गरिएको छ ।
SHARE THIS POST :

Enjoy Yourself

 
Support : www.glamournepal.com | www.glamournepal.net | www.tvsansar.net
Copyright © 2011. Sajaa Khabar - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger