Latest Updates :

छोरीको विहेमा दीपकले खर्चिए १ करोड : ६० लाखको अपार्टमेन्ट उपहार...

SHARE THIS POST :



कलाकार दीपकराज गिरीले छोरी मौसमीको विहेमा करिब १ करोड (९० लाख रुपैयाँ ) खर्चिएका छन् ।हिजो सम्पन्न उनकी जेठी छोरी मौसमीको विवाहमा उनले ९ सय पाहुनालाई भब्य भोज दिनुका साथै छोरी ज्वाईको जीन्दगी सहज बनाईदिने भन्दै करिब ६० लाख बराबरको अपार्टमेन्ट उपहार दिने निर्णय समेत गरेका छन् ।




बुझिए अनुसार दीपकले केही दिनमै छोरी ज्वाईको घरायसी जीवनलाई पूर्ण सेट गराउँने गरी अपार्टमेन्ट खरिद गर्दैछन् । नुवाकोट स्थित विदूर नगरपालिकाका मेयर सञ्जु पण्डितका छोरा सुशिल पण्डितसंग दीपकराज गिरीको छोरीको विगत ३ बर्षदेखि प्रेम सम्बन्ध थियो जुन सम्बन्ध हिजो आएर वैवाहिक बन्धनमा परिणत भएको हो ।

नर्सिङमा एम.एन. गरेकी दीपककी छोरीले काठमाण्डौको एक कलेजमा अध्यापन गराउँछिन् भने उनका ज्वाई ब्यापार गर्ने तयारीमा छन् । बुझिए अनुसार बिहेमा दीपकले छोरीका लागि करिब २० तोला सुन किनेका थिए भने पार्टी (भोज) का लागि बाजेको सेकुवा बत्तीसपुतली ब्रान्चलाई १० लाखको बिल तिरेका छन् ।

तीन सन्तानका पिता रहेका दीपकराज गिरीको एक छोरी र दुई छोरा छन् । मौषमी उनकी जेठी सन्तान हुन भने जेठो छोरोको पनि केही महिना अघि विवाह भएको थियो ।

‘ हातका औलाहरू धेरै हुन्छन् र त्यस्का नाम पनि भिन्न भिन्न छन् , मुटु एउटै हुन्छ र त्यसको नाम मुटु नै हो’ भन्दै छोरी समर्पित गर्दै विवाहको अघिल्लो दिन एउटा भावुक स्टाटस राखेका दीपकले छोरीको ईच्छा र चाहना अनुसारका महंगा डिजाईनर ड्रेस लगायत अन्य चिजविजको खरिदमा समेत कुनै कम्रमाईज नगरेको उनी निकट श्रोत बताउँछ ।
SHARE THIS POST :

Enjoy Yourself

 
Support : www.glamournepal.com | www.glamournepal.net | www.tvsansar.net
Copyright © 2011. Sajaa Khabar - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger