Latest Updates :

टीकापुर घटनाका अभियुक्त रेशम चौधरी पूर्पक्षका लागि जेल चलान....

SHARE THIS POST :

१४ फागुन, धनगढी । अदालतसामू आत्मसमर्पण टीकापुर घटनाका अभियुक्त रेशम चौधरी पूर्पक्षका लागि जेल चलान भएका छन् । न्यायाधीश परशुराम भट्टराईको इजलासले चौधरी कसुरदार छैनन् भन्न सकिने अवस्था नभएको भन्दै थुनामा पठाएको हो ।



उसो त चौधरीका वकिलहरुले जनमत पाएको भन्दै तारेखमा छाड्नु पर्ने तर्क गरेका थिए । तर, अदालतले जनमतको सम्मान गर्ने तर, जनमत गैरकानुनी कार्य छोप्ने राजनीतिक आवरण हुन नसक्ने भन्दै पूर्पक्षका लागि थुनामा राख्न आदेश दियो ।

जेल जानुअघि सञ्चारकर्मीहरुसँग कुरा गर्दै चौधरीले अदालतले सांसदलाई अविश्वास गरे जस्तो देखिएको प्रतिक्रिया दिएका छन् ।

‘अदालतले जुन फैसला गर्‍यो, त्यसलाई पूर्वाग्रह त मान्दिनँ । तर, जनताबाट विजयी भइसकेको सांसदलाई अविश्वास गरे जस्तो देखियो’ उनले भने, ‘म भागिहाल्ने थिएन । भाग्ने भए म यहाँ आउने थिइनँ ।’

फरार रहेकै अवस्थामा चुनाव लडेका चौधरी कैलाली १ बाट प्रतिनिधिसभा सदस्यमा विजयी भएका थिए ।

आफू कानुनको पूर्णसम्मान गरेर अदालतसमक्ष आएको र आगामी दिनमा न्याय दिने विश्वास रहेको बताए । अनलाईन खबरवाट साभार
SHARE THIS POST :

Enjoy Yourself

 
Support : www.glamournepal.com | www.glamournepal.net | www.tvsansar.net
Copyright © 2011. Sajaa Khabar - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger