Latest Updates :

युवाहरुले जान्नैपर्ने! यौन भावना लुकाउँदा कस्तो असर पर्छ ?

SHARE THIS POST :

– डा. खेम कार्की-

यौनव्यवहार र यौनभावना दुई भिन्दाभिन्दै तत्वहरू हुन् । यौनभावना व्यक्तिमा निर्भर हुन्छ भने यौनव्यवहार सामाजिक मूल्य र मान्यतामा निर्भर गर्दछ । नेपालको सन्दर्भमा यौन व्यवहारलाई विवाहपछि स्वीकृति दिइएको छ भने यौनभावना भने रोदीघरमा गाइने गीतहरू दोहोरी खेल्दा प्रयोगसमेत हुने शब्दहरूबाट जनमानससम्म पुग्ने गरेको छ जुन सामाजिक मूल्य र मान्यताभित्रै बसेर गरिएको हुन्छ ।


यसैगरी अप्रत्यक्ष रूपमा केटा र केटीहरूले गर्ने शृंगार सामग्रीको प्रयोग पनि यौनचाहना दर्शाउने माध्यम नै हो । उमेर बढ्दै जाँदा र यौन इच्छा कम हुँदै जाँदा आफूलाई आकर्षक राख्ने चाहना पनि कम हुँदै जान्छ । त्यसैले मानव समाजमा यौन चाहनालाई लुकाएर राखिनेभन्दा पनि सामाजिक मान्यता र चालचलन अनुरूप राखिनुपर्दछ । किशोरावस्थामा विपरीत लिंगीप्रति आकर्षित हुने तथा यौनसम्पर्क गर्ने चाहना हुन सक्दछ जुन प्राकृतिक नै हुन । किनकि मानिस जन्मजात नै यौनिक हुन्छ । तर हाम्रो समाज र संस्कृतिले गर्दा यसको प्रकट गर्ने तरिका फरकफरक हुन्छ । यौन चाहनालाई प्रकट गर्ने यौनसम्बन्धी कुरा गर्नु लाजको कुरा भनेर कुनै समाजमा व्याख्या गरेको पाइन्छ । यौन चाहनालाई पूरा गर्न यौनसम्पर्क नै गर्नुपर्छ भन्ने छैन ।

अरू कार्यहरू जस्तै हस्तमैथुन गरेर पनि यौन चाहनालाई पूरा गर्न सकिन्छ । के गरेर यौन चाहनालाई पूरा गर्न सकिन्छ भन्ने कुरा आफूलाई ज्ञान नहुन सक्छ तसर्थ स्वास्थ्यकर्मीसँग उचित परामर्श लिनुपर्छ । – हेल्थ टुडे
SHARE THIS POST :

Enjoy Yourself

 
Support : www.glamournepal.com | www.glamournepal.net | www.tvsansar.net
Copyright © 2011. Sajaa Khabar - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger