Latest Updates :

आलो मासु भन्दै अस्वस्थ मासु खान्छन् उपभोक्ता

SHARE THIS POST :


ललितपुर, १ चैत: आलो मासु खाने भन्दै उपभोक्ताले अस्वस्थ मासु खाने गरेका छन् । मासु काटेपछि फ्रिजमा राखेर पछि खाँदा मात्रै स्वस्थकर हुने जिल्ला पशु विकास कार्यालयका प्रमुख मोगलप्रसाद साहले बताउनुभयो । बाह्र घण्टासम्म फ्रिजमा राख्दा त्यसमा भएको कीटाणु मरेर मासु स्वस्थकर हुन्छ । उहाँ भन्नुहुन्छ, “पसलहरुले फ्रिजमा राख्न गाह्रो मान्ने भन्दा पनि उपभोक्ता नै आलो मासु खोज्छन् । यस विषयमा जनचेतना फैलाउन खाँचो छ । ”


नगरका अधिकांश पसलले टेबुलमा बाहिर खुला राखेर मासु बिक्री गर्छन् । कीटाणु भएको मासु लामो समयसम्म खुला राख्दा कीटाणु अझै बढ्छ । मासु पसल सञ्चालन गर्दा फ्रिज राख्नैपर्ने व्यवस्था छ । केही वर्ष पहिलेसम्म नभएकामा अहिले अधिकांस मासु पसलमा फ्रिज छ । फ्रिज भएकाहरुले समेत राख्न नचाहेको उहाँले बताउनुभयो । उहाँ भन्नुहुन्छ, ‘हामीले स्थानीयस्तरमा समेत जनचेतना फैलाउनु आवश्यक छ ।” ललितपुर महानगरपालिकाभित्र मात्रै तीन सयभन्दा बढी मासु पसल छन् ।
-रासस
SHARE THIS POST :

Enjoy Yourself

 
Support : www.glamournepal.com | www.glamournepal.net | www.tvsansar.net
Copyright © 2011. Sajaa Khabar - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger