पोखराको ठुलो हस्पिटल भित्र बोक्सीको आरोपमा कुटपिट... (भिडियो सहित)
कैलाली जिल्लाको विकट थारु वस्तीमा बोक्सीको आरोपमा युवती माथी कुटपिट गरियो भनेर अहिले सबै तिर तातो समाचार प्राक्षण भैराखेको छ। तर उक्त बिकट गाउमा मात्र नभएर नेपालकै प्रसिद्द सहर पोखराको मुटुमा रहेको एक हस्पिटलभित्र नै बोक्सीको नाममा कुट्पिट भएको भिडियो हामीलाई प्राप्त भएको छ।
यो भिडियो पोखरा नयाँ बजारमा अबस्थित गण्डकी मेडिकल कलेज [GMC] (साबिकको चरक हस्पिटल ) को मेडिसिन वार्डमा खिचिएको हो जहाँ आफ्नो आमा जस्तो मान्छे लाई कपाल समातेर मुख मुख मा थुकियको छ। भिडियोमा देखिए अनुसार आमाको सशिरमा बोक्सी चडेको भन्ने अन्धविस्वासमा लागेर आफ्नै आमालाई छोरीले कुटपिट गरेको बहने देखिन्छ।
एकजना नारि भएर आफ्नै आमालाई त्यो हद सम्मको गर्न सक्ने हाम्रै समाजको अन्ध्विस्वासले बनायो। आखिर यो जनचेतना जगाउन जिम्मा कसको ?यस्तो चरम अन्धविस्वासी कार्य हस्पिटल भित्रै बहेको अबस्थामा हस्पिटल प्रशाशन के गरेको थियो भन्ने चाहि प्रमुख बिषय छ। (यो सामाग्री हामीले सामाजिक अभियन्ता जय बहादुर रावलको सहयोगमा तयार पारेका हौँ )”
लेबल:
News