Latest Updates :

दक्षिण कोरियाले २०१६ मा ५८ हजार कामदार भित्र्याउने....भिडियो हेर्न तल क्लिक गर्नुहोस....

SHARE THIS POST :

सोल : दक्षिण कोरियाले सन् २०१६ का लागि ५८ हजार बिदेशी कामदार भित्र्याउने भएको छ । कोरियाको प्रवासी मजदुर कोटा निर्धारण समितिले सन् २०१६ का लागि उत्पादन, कृषि, मत्स्यपालन, निर्माण र सेवा क्षेत्रका लागि ५८ हजार कोटा निर्धारण गरेपछि ठूलो संख्यामा विदेशी कामदारका लागि कोरियामा रोजगारीको ढोका खुलेको हो । निर्धारित ५८ हजार मध्येबाट दुई हजार कामदार भने कम्पनीको बढी माग भएको खण्डमा मात्रै ल्याइनेछ ।

आगामी वर्षको प्रवासी मजदुरको कुल कोटा मध्येबाट ४६ हजार नयाँ कामदारहरुको लागि तोकिएको छ । १२ हजार सिबिटीमार्फत फर्कनेहरुका लागि छुट्याइएको हो । नयाँ कामदारहरुमा ३३ हजार दुई सय उत्पादन क्षेत्रका लागि छुट्याइएको छ । कृषिक्षेत्रमा पाँच हजार नौ सय, मत्स्यपालनमा दुई हजार तीन सय ६०, निर्माण क्षेत्रमा दुई हजार चार सय ५० र सेवाक्षेत्रमा ९० जनाले रोजगारीका लागि कोरिया प्रवेश पाउने छन् । २०१६ जनवरीदेखि मार्चसम्ममा उत्पादन क्षेत्रमा नौ हजार नौ सय ६०, कृषिक्षेत्रमा तीन हजार पाँच सय ४०, मत्स्यपालनमा एक हजार चार सय २०, निर्माणक्षेत्रमा एक हजार चार सय ७० र सेवाक्षेत्रमा ९० जना कामदार कोरिया ल्याइने कोटा निर्धारण समितिले जनाएको छ ।

अप्रिल महिनादेखि जुन महिनासम्ममा उत्पादन क्षेत्रमा मात्र नौ हजार नौ सय ६० जना छुट्याइएको छ । त्यस्तै गरि जुलाईदेखि सेप्टेम्बरसम्मका लागि उत्पादन क्षेत्रमा छ हजार छ सय ४० जना, कृषिक्षेत्रमा दुई हजार तीन सय ६०, मत्स्यपालनमा नौ सय ४०, निर्माणक्षेत्रमा नौ सय ८९ जना निर्धारण गरिएको छ । २०१६ को अन्तिम तीन महिनाका लागि उत्पादन क्षेत्रमा छ हजार छ सय ४० संख्या छुट्याइएको छ । थप गरिएको दुई हजार कामदार वर्षका अन्तिम तीन महिनाको अवधिमा भित्र्याइने छ । साना तथा मझौला कम्पनीहरुमार्फत कामदारहरुको माग बढी भएको अवस्थामा मात्रै थप गरिएका कामदार भित्र्याउने निर्धारण समितिले स्पष्ट पारेको छ । सिबिटीमार्फत आउनेका लागि तोकिएको १२ हजार मध्येबाट उत्पादनक्षेत्रमा ११ हजार, कृषिक्षेत्रमा सात सय, मत्स्यपालनमा दुई सय ४०, निर्माणक्षेत्रमा ५० र सेवाक्षेत्रका लागि १० जना छुट्याइएको छ । सिबिटीका लागि छुट्याइएको १२ हजारलाई कुन् महिनामा कति संख्या ल्याइने भने उल्लेख गरिएको छैन ।

कोटा निर्धारण समितिले २०१६ मा ३७ हजार पाँच सय ९३ जना अवधि सकिएर फिर्ता हुने जनाएको छ । १० हजार विभिन्न कारणले आफ्नो देश फिर्ता हुने मजदुरको सट्टामा र १० हजार एक सय ७७ जना कम्पनीको नयाँ थप मागपूर्ति गर्न ल्याइने जनाएइको छ । २०१६ देखि कोरियाले इपिएसमार्फत लाओस बाट पनि प्रवासी मजदुर ल्याउने निर्णय गरेको छ । इपिएस लागू भएको कोरिया १६ औँ देश हो । सेवा, मत्स्यपालन र निर्माणक्षेत्रमा नेपाली कामदारलाई कार्य अनुमति दिइएको छैन । सन २०१६ का लागि गत वर्ष भन्दा तीन हजार बढी कामदार भित्र्याइने छ । २०१६ का लागि निर्धारण गरिएको कोटाबाट इपिएस लागू भएका देशहरुले प्राप्त गर्ने संख्या भने तोकिएको छैन ।
Labels: Finance, International, News, Photos
SHARE THIS POST :

Enjoy Yourself

 
Support : www.glamournepal.com | www.glamournepal.net | www.tvsansar.net
Copyright © 2011. Sajaa Khabar - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger