Latest Updates :

स्मरणशक्ति बढाउने केही टिप्स .जानी राख्नुहोस ...

SHARE THIS POST :

केही कुराहरु छिटै भुल्ने तथा लामो समयसम्म स्मरणमा राख्न नसक्ने समस्या धेरैको हुन्छ ।
mind2स्मरण शक्ति सबैको एउटै हुँदैन र अरुको भन्दा कम भयो भन्दैमा त्यसलाई रोग नै भनिहाल्न मिल्दैन, यद्यपि कहिलेकाहीँ कतिपय रोगहरुका कारण पनि मानिसको स्मरण क्षमता कमजोर बन्दछ ।
यस्ता रोग नभै अन्य कारणले स्मरण क्षमता कम हुने मानिसहरुका लागि आफ्नो स्मरण शक्ति बढाउन केही काइदाहरु कामयावी हुन्छन् । अर्थात् केही सामान्य उपायहरु अपनाउनेहो भने स्मरण क्षमता आफै बढाउन सकिन्छ । स्मरणशक्ति बढाउने केही टिप्स यस्ता छन्:








पर्याप्त निद्रा:  निद्राको कमीले स्मरण क्षमतामा असर पुग्दछ । त्यसैले दिमागलाई अलर्ट राख्न वा चनाखो राखेर स्मरण क्षमता बढाउनका लागि पर्याप्त निद्रा लिनु आवश्यक हुन्छ ।
दिमागी कसरत: क्रसवर्ड, पजल्स, चेस, भिडियो गेम जस्ता खेलहरुले दिमागी कसरत हुन्छ र स्मरणशक्तिलाई तिक्ष्ण बनाउन मद्दत गर्दछ ।
नियमित व्यायाम:  नियमित रुपमा व्यायाम गर्दा मस्तिष्कमा सन्तुलित रुपमा रक्तसंचार हुन्छ । यसले मस्तिष्कलाई स्वस्थ राख्नुका साथै स्मरण क्षमतामा पनि वृद्धि हुन्छ ।
योगा:  योगालेे मस्तिष्कको शान्ति प्रदान गर्दछ जसका कारण मानिसमा एकाग्रतामा वृद्धि हुने र स्मरण क्षमतामा वृद्धि हुन्छ ।






स्वस्थ खाना:  बदाम, ओखर, हरियो सागपात, गि्रन टी, डार्क चकलेट तथा खानेकुराहरुको सेवनले पनि स्मरणशक्ति बढाउन सहयोग गर्दछन् ।
विषयलाई भिजुअलाइज गर्ने:  यदि कुनै नाम वा संख्या तथा तथ्यांकहरु छिटै भुल्ने समस्या छ भने त्यस्ता तथ्य वा संख्या तथा नामलाई कुनै दृश्य वा कथासँग जोड्नुहोस् । यसरी रमाइलो कुरासँग जोडेर भिजुअलाइज गरेमा लामो समयसम्म सम्झिन सकिन्छ ।
नयाँ सिक्नुहोस्:  केही न केही नयाँ कुरा दिनहुँ सिक्ने गर्नाले मस्तिष्क सक्रिय हुन्छ र यसले स्मरणशक्तिमा पनि सुधार हुन्छ ।
समयतालिका बनाउनुहोस्:  कुनैपनि कामलाई समयतालिका बनाएर समयमै गर्ने गर्नुपर्छ । कुनैपनि चिजलाई सम्बन्धित ठाउँमा राख्नुपर्छ । यसो गर्दा कुनैपनि कुरालाई राम्रोसँग सम्भिmन सकिन्छ ।
SHARE THIS POST :

Enjoy Yourself

 
Support : www.glamournepal.com | www.glamournepal.net | www.tvsansar.net
Copyright © 2011. Sajaa Khabar - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger